LIVE 
प्रचण्ड र माधव नेपाल असोज ११ गते वीरगञ्ज आउँदै | पर्सामा प्रहरीको ठूलो सफलता: पोखरिया इलाका प्रहरीद्वोरा ११४ किलो गाँजा बरामद | नारायणी अस्पतालका चिकित्सकको सामूहिक राजीनामा, सीडीओ र एसपीको राजीनामा माग | स्वास्थ्य सेवा अवरुद्ध नगर्न मन्त्रालयको अपिल | छिपहरमाईमा १४० किलो गाँजा बरामद, अनुसन्धान तीव्र | आन्दोलनको सफलता : भिस्वा छोटी भन्सारबाटै भारतीय सवारीको निःशुल्क प्रवेश पास | धोबिनी गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक | भ्रष्टाचार मुद्दापछि वीरगञ्जका मेयर राजेशमान सिंह निलम्बित | पब्लिक फिटनेस सेन्टर वीरगंजको नवौँ स्थापना दिवसमा दोस्रो पुसअप प्रतियोगिता सम्पन्न | वीरगंजको नाकाबाट तस्करी, असुलीमा टाईगर टोलीका सिंह र यादव |

प्रमुख जिल्ला अधिकारीको आदेशअनुसार जिल्लामा शान्ति सुरक्षा कायम गर्न कडा कर्फ्यू र निषेधाज्ञा जारी गरिएको छ। स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) र ६(३क) अनुसार भेला, जुलुस, सभा, घेराउ वा प्रदर्शन गर्न पूर्णतः प्रतिबन्ध लगाइएको छ। आदेश अर्को सूचना नआएसम्म लागू रहने जनाइएको छ।

कर्फ्यू समय:
दैनिक बिहान १०:०० बजे देखि अपरान्ह ५:०० बजेसम्म र साँझ ७:०० बजे देखि अर्को दिन बिहान ६:०० बजेसम्म कर्फ्यू जारी रहनेछ। यस अवधिमा सर्वसाधारणलाई घर बाहिर ननिस्कन आग्रह गरिएको छ।

निषेधाज्ञा समय:
दैनिक बिहान ६:०० बजे देखि १०:०० बजेसम्म तथा अपरान्ह ५:०० बजे देखि साँझ ७:०० बजेसम्म निषेधाज्ञा लागू हुनेछ। यस अवधिमा सामान्य आवतजावत तथा दैनिक उपभोग्य वस्तु खरिद–बिक्री गर्न अनुमति दिइनेछ। तर, ५ जना भन्दा बढी भेला, जुलुस वा कुनै पनि प्रकारका राजनीतिक गतिविधि गर्न सकिने छैन।

कर्फ्यू र निषेधाज्ञा क्षेत्र:

  • पूर्वः बाईपास रोड

  • पश्चिमः सिर्सिया पुल

  • उत्तरः गण्डक चौक

  • दक्षिणः शंकराचार्य गेट

विशेष छूट:
कर्फ्यू अवधिमा अत्यावश्यक सेवासम्बन्धी साधनहरू जस्तै एम्बुलेन्स, दमकल, शववाहन, स्वास्थ्यकर्मीका सवारी साधन, सञ्चारकर्मी, फोहर व्यवस्थापन, पर्यटक सवारी, मानवअधिकारकर्मी, कूटनीतिक नियोग, विद्युत, खानेपानी, दूध बोक्ने गाडी तथा हवाई यात्रु (टिकटसहित) का लागि आवागमनमा सुरक्षाकर्मीले सहजीकरण गर्ने व्यवस्था गरिएको छ।

जिल्ला प्रशासनले आदेशको उल्लंघन गर्ने व्यक्तिमाथि प्रचलित कानुनअनुसार कडा कारबाही गरिने चेतावनी दिएको छ। प्रशासनले शान्ति–सुरक्षामा सहयोग गर्न सम्पूर्ण नागरिकलाई आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको