LIVE 
पर्साको भिस्वा नाकाबाट मौलायो हड्डी, कबाड तस्करी, इंस्पेक्टर मगर नै तस्करको मतियार | प्रधानमन्त्रीको अभिव्यक्तिप्रति मुस्लिम समाज पर्साको कडा आपत्ति | प्रधानमन्त्रीको अभिव्यक्तिप्रति युवा नेता साहरुख मंसुरीको कडा आपत्ति | जेन्जी मुभमेन्ट नेपालले भन्यो सुशीला कार्की नेतृत्वको सरकारको वैधता समाप्त | मोटरसाइकल ठक्करपछि मृत्यु,उपचार खर्च तिर्न नसक्दा मृतकको शव अस्पतालको फ्रीजमै थुनियो | पटेर्वा सुगौली–१ मा युवाहरूले वडा कार्यालयमा लगाए ताल्चा,सेवा प्रवाह ठप्प | पकहाँ मैनपुर गाउँपालिकामा अस्थायी तथा करार सेवा सम्झौता रद्द | सवारी साधन चेकजाँचको बहानामा अवैध रकम असुल्दै ट्राफिक प्रहरी | परवानीपुरमा ७३ लाखको कार्यक्रममा भ्रष्टाचारः ४० प्रतिशत रकम कर्मचारीको गोजीमा, ६० प्रतिशतमा छैन् उपल्रब्धी | प्रमुख जिल्ला अधिकारीद्वारा जिल्लामा कर्फ्यू तथा निषेधाज्ञा जारी, भेला–जुलुस पूर्ण प्रतिबन्ध |

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की छोरी गंगा दाहालको ललितपुर–२६, सुनाकोठीस्थित घरमा मंगलबार राति आगजनी भएको छ। जेन–जी आन्दोलनमा सहभागी प्रदर्शनकारीहरूले घरमा आगो लगाएको प्रहरीले जनाएको छ।

आगलागीपछि जलेको अवस्थामा एक पुरुषको शव फेला परेको ललितपुर प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले जानकारी दिए। उनका अनुसार शव पूर्ण रूपमा जलेको छ र हालसम्म पहिचान खुल्न बाँकी छ। घटनापछि घरमा ठूलो भौतिक क्षति पुगेको छ।

आगलागी नियन्त्रणका लागि नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीय प्रहरी परिचालन गरिएको थियो। साथै, घटनास्थलमा फरेन्सिक टोली पुगेर अनुसन्धान सुरु गरिएको अधिकारीले बताए।

यो घटनाबारे अहिलेसम्म दाहाल परिवार वा माओवादी केन्द्रले आधिकारिक प्रतिक्रिया दिएका छैनन्। तर, गंगा दाहालको घर सोही आन्दोलनका क्रममा प्रत्यक्ष रूपमा लक्षित गरिएको बताइएको छ।

राजनीतिक विश्लेषकहरूका अनुसार प्रदर्शन चर्किँदै गइरहेको बेला पूर्वप्रधानमन्त्रीको पारिवारिक सम्पत्तिमाथि भएको यो आक्रमणलाई गम्भीर राजनीतिक सन्देशका रूपमा हेरिएको छ। यसले आन्दोलन र राजनीतिक दलबीचको सम्बन्धलाई थप जटिल बनाउन सक्ने अनुमान गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको