LIVE 
छिपहरमाई गाउँपालिकाका अध्यक्ष मनोज गुप्ता सहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर | धार्मिक सद्भाव र शान्तिका लागि वीरगञ्जमा सर्वपक्षीय बैठक: पाँचबुँदे सहमति | पोखरिया नगरपालिकाको १०औँ हिउँदे नगरसभा सम्पन्न | भ्रष्टाचार मुद्दामा पूर्वमन्त्री राज कुमार गुप्तालाई विशेष अदालतबाट थुनामा राख्न आदेश | वीरगंजमा आर्थिक चलखेलमा लाईसेन्स बिक्री हुँदै, असुली गर्दै यातायात कार्यलय र ट्राफिक कार्यालयका बिचौलिया | प्रमुख प्रशासकीय अधिकृत कुशवाहाले सम्हाले कालिकामाई गाउँपालिकाको कार्यभार | धोबिनी गाउँपालिका वडा-२ भिखमपुरमा निशुल्क आँखा शिविर सम्पन्न | छिपहरमाईमा १ करोड २८ लाखको सोलार खरिदमा भ्रष्टाचार, ठुलो आर्थिक चलखेलमा उपभोक्ताबाट गराइयो काम | पर्सा–३ बाट दिपेश साहको नाम सिफारिस | कुम्हालटोलमा ग्यास बिस्फोटपछि भीषण आगलागी |

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की छोरी गंगा दाहालको ललितपुर–२६, सुनाकोठीस्थित घरमा मंगलबार राति आगजनी भएको छ। जेन–जी आन्दोलनमा सहभागी प्रदर्शनकारीहरूले घरमा आगो लगाएको प्रहरीले जनाएको छ।

आगलागीपछि जलेको अवस्थामा एक पुरुषको शव फेला परेको ललितपुर प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले जानकारी दिए। उनका अनुसार शव पूर्ण रूपमा जलेको छ र हालसम्म पहिचान खुल्न बाँकी छ। घटनापछि घरमा ठूलो भौतिक क्षति पुगेको छ।

आगलागी नियन्त्रणका लागि नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीय प्रहरी परिचालन गरिएको थियो। साथै, घटनास्थलमा फरेन्सिक टोली पुगेर अनुसन्धान सुरु गरिएको अधिकारीले बताए।

यो घटनाबारे अहिलेसम्म दाहाल परिवार वा माओवादी केन्द्रले आधिकारिक प्रतिक्रिया दिएका छैनन्। तर, गंगा दाहालको घर सोही आन्दोलनका क्रममा प्रत्यक्ष रूपमा लक्षित गरिएको बताइएको छ।

राजनीतिक विश्लेषकहरूका अनुसार प्रदर्शन चर्किँदै गइरहेको बेला पूर्वप्रधानमन्त्रीको पारिवारिक सम्पत्तिमाथि भएको यो आक्रमणलाई गम्भीर राजनीतिक सन्देशका रूपमा हेरिएको छ। यसले आन्दोलन र राजनीतिक दलबीचको सम्बन्धलाई थप जटिल बनाउन सक्ने अनुमान गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको