LIVE 
पर्सामा प्रहरीको ठूलो सफलता: पोखरिया इलाका प्रहरीद्वोरा ११४ किलो गाँजा बरामद | नारायणी अस्पतालका चिकित्सकको सामूहिक राजीनामा, सीडीओ र एसपीको राजीनामा माग | स्वास्थ्य सेवा अवरुद्ध नगर्न मन्त्रालयको अपिल | छिपहरमाईमा १४० किलो गाँजा बरामद, अनुसन्धान तीव्र | आन्दोलनको सफलता : भिस्वा छोटी भन्सारबाटै भारतीय सवारीको निःशुल्क प्रवेश पास | धोबिनी गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक | भ्रष्टाचार मुद्दापछि वीरगञ्जका मेयर राजेशमान सिंह निलम्बित | पब्लिक फिटनेस सेन्टर वीरगंजको नवौँ स्थापना दिवसमा दोस्रो पुसअप प्रतियोगिता सम्पन्न | वीरगंजको नाकाबाट तस्करी, असुलीमा टाईगर टोलीका सिंह र यादव | मधेश प्रदेश सरकारको बजेट खर्च १९.४ प्रतिशतमा सीमित |

वीरगंज । पर्साको बहुदरमाई नगरपालिकाले बार्षिक बजेट कार्यक्रम तथा नीतिगत निर्णयहरु सार्वजनिकीकरण कार्यक्रम सम्पन्न गरेको छ । बहुदरमाई नगरपालिकाको कार्यालयमा आईतबार एक कार्यक्रमका बिच आर्थिक वर्ष २०८२/८३ को लागि ल्याएको ५२ करोड ४५ लाखको बार्षिक बजेट स्वीकृत नीति, बजेट एव निर्णय पुस्तिका सार्वजनिक गरेको हो ।

नगरपालिकाले मुख्यतः शिक्षा, स्वास्थ्य, पूर्वाधार, कृषि लगायतका क्षेत्रमा बजेट तथा कार्यक्रम स्वीकृत गरेको छ ।
हालका दिनहरूमा परम्परागत रुपमा चलनचलतीमा रहेका चापाकल सुक्न थालेपछि स्थानीय जनजीवन प्रभावित भएको थियो । सोहि समस्यालाई मध्यनजर गर्दै बहुदरमाई नगरपालिकाका नगर प्रमुख सिंगासन साहको पहलमा भौराटार, बिश्रामपुर, छपकैया, पदमौल, गम्हरिया, नगरदाहा, पिपरा लगायतका स्थानहरूमा डिप बोरिङ्ग जडान गरिएको छ ।

गाउँ–गाउँमा बोरिङ्ग जडान गरेर जनतालाई पानीको सुविधा दिदा अन्य धेरै योजनाहरु समावेश गर्न छुटेका दुःख व्यक्त गर्दै मेयर साहले आगामी आर्थिक वर्षमा समेटिने बताए ।

हुदरमाई नगरपालिकाको मेयरमा चुनिएका सिंगासन साह तेलीले नगर विकासको लागि मुख्य सडक संजाललाई कालोपत्रे तथा ढलानसंग जोड्दा नगरपालिकाको मुहार नै फेरिएको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको