वीरगंज । पर्साको बहुदरमाई नगरपालिकाले बार्षिक बजेट कार्यक्रम तथा नीतिगत निर्णयहरु सार्वजनिकीकरण कार्यक्रम सम्पन्न गरेको छ । बहुदरमाई नगरपालिकाको कार्यालयमा आईतबार एक कार्यक्रमका बिच आर्थिक वर्ष २०८२/८३ को लागि ल्याएको ५२ करोड ४५ लाखको बार्षिक बजेट स्वीकृत नीति, बजेट एव निर्णय पुस्तिका सार्वजनिक गरेको हो ।
नगरपालिकाले मुख्यतः शिक्षा, स्वास्थ्य, पूर्वाधार, कृषि लगायतका क्षेत्रमा बजेट तथा कार्यक्रम स्वीकृत गरेको छ ।
हालका दिनहरूमा परम्परागत रुपमा चलनचलतीमा रहेका चापाकल सुक्न थालेपछि स्थानीय जनजीवन प्रभावित भएको थियो । सोहि समस्यालाई मध्यनजर गर्दै बहुदरमाई नगरपालिकाका नगर प्रमुख सिंगासन साहको पहलमा भौराटार, बिश्रामपुर, छपकैया, पदमौल, गम्हरिया, नगरदाहा, पिपरा लगायतका स्थानहरूमा डिप बोरिङ्ग जडान गरिएको छ ।
गाउँ–गाउँमा बोरिङ्ग जडान गरेर जनतालाई पानीको सुविधा दिदा अन्य धेरै योजनाहरु समावेश गर्न छुटेका दुःख व्यक्त गर्दै मेयर साहले आगामी आर्थिक वर्षमा समेटिने बताए ।
हुदरमाई नगरपालिकाको मेयरमा चुनिएका सिंगासन साह तेलीले नगर विकासको लागि मुख्य सडक संजाललाई कालोपत्रे तथा ढलानसंग जोड्दा नगरपालिकाको मुहार नै फेरिएको देखिन्छ ।







