LIVE 
भ्रष्टाचार मुद्दापछि वीरगञ्जका मेयर राजेशमान सिंह निलम्बित | पब्लिक फिटनेस सेन्टर वीरगंजको नवौँ स्थापना दिवसमा दोस्रो पुसअप प्रतियोगिता सम्पन्न | वीरगंजको नाकाबाट तस्करी, असुलीमा टाईगर टोलीका सिंह र यादव | मधेश प्रदेश सरकारको बजेट खर्च १९.४ प्रतिशतमा सीमित | पर्सा जिल्लामा मौलायो संगठित तस्करी, एसपी र डिएसपीको छुट्टाछुट्टै घुमुवा | सिमराको घुमुवा यादव आर्थिक तांडव मचाउँदै | पर्साको पोखरियाबाट ब्राउन सुगरसहित एक युवक पक्राउ | एमाले सचिवालय बैठकमा ओलीमाथि दबाब | बारा विवादपछि रास्वपा वडा र पालिका अधिवेशनमा केन्द्रित | भिस्वा–सिक्टा सडक क्षेत्रमा अव्यवस्था रोक्न गाउँपालिकाको कदम |

वीरगंज,१३ भदौ  । वीरगंजको छपकैया नाकाबाट प्रहरीकै मिलेमतोमा तस्करी भईरहेको पाईएको छ । भारतको रक्सौंल बजारसंग सीमा जोडिएको वीरगंजको छपकैया नाकाबाट मध्य रातीको समयमा तस्करी भईरहेको पाईएको हो ।

सीमासंग जोडिएको त्यस क्षेत्रबाट ठुलो परिणाममा लत्ता कपडा, विभिन्न किसिमका इलेक्ट्रोनिक्स सामान, विभिन्न औषधीजन्य सामग्रीहरुको तस्करी भईरहेको छ ।

यी वापतको असुली ईलाका प्रहरी कार्यालय छपकैयाका सई मनिष पराजुली नै लागेको स्रोतले बताएको छ ।
ईलाका प्रहरी कार्यालय छपकैयाका सई मनिष पराजुली नै तस्करका मतियार भएपछि त्यस क्षेत्रबाट जितु, बबन, हरिन्द्र पटेल लगाायतका तस्कर समूहहरु दैनिक ५० लाख भन्दा बढी अवैध आयात गर्ने गरेको स्रोतको दाबी छ ।

यी तस्कर समूहहरुले भित्रियाउने माल सामान वीरगंजको आदर्शनगरमा विभिन्न ट्रान्सपोर्टमा पुयाउने गरेका छन् । जुन कार्यमा प्रत्यक्ष रुपले छपकैयाका सई पराजुली लगायत सशस्त्र प्रहरी बलका अधिकारीहरुले पनि सघाउने गरेको बताईन्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको