LIVE 
पर्सामा प्रहरीको ठूलो सफलता: पोखरिया इलाका प्रहरीद्वोरा ११४ किलो गाँजा बरामद | नारायणी अस्पतालका चिकित्सकको सामूहिक राजीनामा, सीडीओ र एसपीको राजीनामा माग | स्वास्थ्य सेवा अवरुद्ध नगर्न मन्त्रालयको अपिल | छिपहरमाईमा १४० किलो गाँजा बरामद, अनुसन्धान तीव्र | आन्दोलनको सफलता : भिस्वा छोटी भन्सारबाटै भारतीय सवारीको निःशुल्क प्रवेश पास | धोबिनी गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक | भ्रष्टाचार मुद्दापछि वीरगञ्जका मेयर राजेशमान सिंह निलम्बित | पब्लिक फिटनेस सेन्टर वीरगंजको नवौँ स्थापना दिवसमा दोस्रो पुसअप प्रतियोगिता सम्पन्न | वीरगंजको नाकाबाट तस्करी, असुलीमा टाईगर टोलीका सिंह र यादव | मधेश प्रदेश सरकारको बजेट खर्च १९.४ प्रतिशतमा सीमित |

वीरगंज,९ भदौ । पर्सा जिल्ला प्रशासन कार्यालयभित्र हालै देखिएको विवादले प्रशासनिक निकाय नै विवादित बनेको छ। सहायक प्रमुख जिल्ला अधिकारी (सिडिओ) सुमन कार्कीमाथि बजार अनुगमनको नाममा ठुला व्यापारी तथा व्यवसायीसँग रकम असुल्ने गरेको गम्भीर आरोप सार्वजनिक भएको छ।

ग्यास प्रकरण : जरिवाना डिलरलाई मात्र

वीरगञ्जस्थित मनोज ग्यास उद्योग बाट उपभोक्ता मापदण्ड विपरीत ४ केजीसम्म कम तौल भएको सिलिन्डर आपूर्ति भएको उजुरीपछि कारबाही उद्योगमाथि नभई रानीघाटस्थित एक डिलरलाई नै लक्षित गर्दै २ लाख ५० हजार रुपैयाँ जरिवाना गरिएको थियो।
तर, विवाद त्यसबेला चुलियो जब ठाकुर शिला ट्रेडर्स का सञ्चालक विनयलाल साह कलवारले जिल्ला प्रशासन कार्यालयमा सिलसहितको प्रमाणसहित उजुरी दिए पनि प्रशासनले उल्टै सिल बिगारी झूटो प्रमाण प्रस्तुत गर्दै डिलरलाई दोषी ठहर गरेको थियो।

अपिलमा उल्टो फैसला

पीडित डिलरले उपभोक्ता हित संरक्षण मञ्चको सक्रियतामा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा अपिल दायर गरेका थिए। विभागले अपिल सुनुवाइपछि डिलरलाई निर्दोष ठहर गर्दै जिल्ला प्रशासन कार्यालयको जरिवाना बदर गरेको छ। साथै, जरिवानाको रकम फिर्ता गर्न २०८२ भदौ ५ गते पत्र पठाइएको छ।

प्रमुख जिल्ला अधिकारी नै वाक्क

यसबीच, पर्साका तत्कालीन प्रमुख जिल्ला अधिकारीले पनि सहायक सिडिओ कार्की र कर्मचारी गौरी संकर साहको “करामत” बाट दिक्क भएर सरुवा हुनुपरेको बताइएको छ।

मिठाई उद्योग प्रकरण

यसअघि पनि वीरगञ्जका दुई ठूला मिठाई उद्योगमा छापा मार्दा गुणस्तरहिन मिठाई उत्पादनमा भारतीय नागरिक संलग्न भएको प्रमाणसहित पक्राउ परे पनि सहायक सिडिओ कार्कीले गौरी संकर साहसँगको मिलेमतोमा जम्मा २५ हजार जरिवाना गरेर उन्मुक्ति दिएको आरोप छ।

व्यापारी आक्रोशित

व्यापारीहरूका अनुसार, सुमन कार्की पर्सा आएका दिनदेखि नै बजार अनुगमन फितलो छ। ठुला व्यापारीसँग रकम असुल्ने, पैसा नदिए अनावश्यक दुःख दिने, र प्रशासनिक काममा अनेक बहाना बनाउने काम हुँदै आएको छ।
एक पीडित व्यापारी भन्छन्– “अनुगमनको नाममा पैसा असुल्ने खेल चलिरहेको छ, पैसा नदिए व्यवसायमै रोकावट आउने डर रहन्छ।”

सुमन कार्कीले गौर नगरपालिकाको यस अघि प्रमुख प्रशासकिय अधिकृत हुदा त्यहा पनि तान्डव मचाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको