LIVE 
सांसद पन्तको पहल र अधिवक्ता मेराजको बहस सफल : कर असुलीमा उच्च अदालतको रोक | सर्लाही नाकामा ‘सेटिङ’ को साम्राज्य ? भारतमै समातियो ५ टन चिनियाँ सामान, सुरक्षा संयन्त्रकै संलग्नता | समुदाय-प्रहरी साझेदारी" अन्तर्गत ट्राफिक सचेतनामुलक कार्यक्रम सम्पन्न | वीरगञ्ज मुख्य सडक विस्तारका लागि ठूलो अतिक्रमण हटाइयो | गृहमन्त्री सुधन गुरुङविरुद्ध प्रहरी प्रधान कार्यालयमा उजुरी | पर्सामा गाँजासहित चार भारतीय नागरिक पक्राउ | बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक, गृहमन्त्रीको भविष्य संकटमा | हप्तामा दुई बिदा भए पनि नारायणी अस्पतालको ओपीडी आइतबार खुल्ने | विद्यालयको बाउन्ड्रीभित्र बाटो विवाद, पर्सामा झडप—दुई पुरुष र तीन महिला घाइते | पर्साको छिपहरमाई–४ वडा कार्यालयभित्र कुटपिट र धम्की दिएको आरोप |

भदौं १, वीरगंज । पर्सामा प्रहरी प्रशासनको संलग्नतामा खुलेआम तस्करी भईरहेको छ । भारतसंग जोडिएको पर्साको अलौं, छपकैया, सिर्सिया लगायतको नाकाबाट निर्वाध रुपमा तस्करी भईरहेको हो ।

यस क्षेत्रमा भारतबाट नेपालमा दैनिक २० वटा मोटरसाइकल प्रयोग गर अलौ नाकाबाट कपडा, हार्डवेयरका सामान, प्रतिवन्धीत औषधीजन्य सामग्री, विभिन्न किसिमका ईलेक्ट्रोनिक पार्टपूर्जा, दैनिक उपभोग्यका विभिन्न किराना सामग्रीहरुको अवैध रुपमा तस्करी हुँदै आएको पाईएको छ । छपकैया, सिर्सिया नाकाबाट भने वीरगंजका नामुद तस्कर मदन गुप्ता भन्ने मदन रुन्चेको ट्रान्सपोर्टको लागि जितु, बबन लगायतका तस्कर समूहले रातभरी लाईन दिएर कपडा तस्करी गराउने गरेका छन् । जुन तस्करीलाई प्रत्यक्ष रुपले प्रहरी प्रशासनले नै सघाउने गरेको बताईन्छ । यी तस्करी वापतको असुलीका लागि त वडा प्रहरी कार्यालयका प्रहरी निरिक्षक श्याम बस्नेतले त घुमुवा नै परिचालन गरि तस्कर सहति आफूलाई मालामाल बनाउने खेलमा लागेको प्रहरी स्रोतले जनाएको छ ।

सिमावर्ती यी नाकाहरुबाट हुने तस्करीको रकम असुली गर्न वडा प्रहरी श्रीपुरका प्र्रहरी निरीक्षक श्याम बस्नेतले प्रहरीद्वय रम्भु साह र भोला यादवलाई घुमुवाको रुपमा परिचालन गरेका छन् । यी घुमुवाहरु इन्पेक्टर बस्नेतको लागि अलौं, छपकैया, सिर्सिया लगायतका नाकाबाट हुने पोकेदेखी ठुल–ठुला तस्करी वापतको असुली गर्दै आएको स्रोतले जनाएको छ ।

आर्थिक प्रलोभनमा परेका नेपाल प्रहरीको घुमुवाले चोरी तस्करी नियन्त्रण गर्नुको साटो तस्कर समुहका मुख्य नाइकेहरूसंग मेलमिलाप गर्न थालेपछि तस्करी बढेको पाइएको हो ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको