LIVE 
छिपहरमाई गाउँपालिकाका अध्यक्ष मनोज गुप्ता सहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर | धार्मिक सद्भाव र शान्तिका लागि वीरगञ्जमा सर्वपक्षीय बैठक: पाँचबुँदे सहमति | पोखरिया नगरपालिकाको १०औँ हिउँदे नगरसभा सम्पन्न | भ्रष्टाचार मुद्दामा पूर्वमन्त्री राज कुमार गुप्तालाई विशेष अदालतबाट थुनामा राख्न आदेश | वीरगंजमा आर्थिक चलखेलमा लाईसेन्स बिक्री हुँदै, असुली गर्दै यातायात कार्यलय र ट्राफिक कार्यालयका बिचौलिया | प्रमुख प्रशासकीय अधिकृत कुशवाहाले सम्हाले कालिकामाई गाउँपालिकाको कार्यभार | धोबिनी गाउँपालिका वडा-२ भिखमपुरमा निशुल्क आँखा शिविर सम्पन्न | छिपहरमाईमा १ करोड २८ लाखको सोलार खरिदमा भ्रष्टाचार, ठुलो आर्थिक चलखेलमा उपभोक्ताबाट गराइयो काम | पर्सा–३ बाट दिपेश साहको नाम सिफारिस | कुम्हालटोलमा ग्यास बिस्फोटपछि भीषण आगलागी |

वीरगंज,२४ साउन । पर्सा जिल्लाको सीमावर्ती बुड्गाई नाकामा नेपाल प्रहरी र सशस्त्र प्रहरीकै संरक्षणमा व्यापक रूपमा गहुँ तस्करी भइरहेको खुलेको छ। स्थानीय स्रोतका अनुसार, बुड्गाई प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक (असई) धर्मराज उप्रेधिले ठूलो रकम लिई प्रहरी चौकीकै अगाडि राति १२ बजे भारतीय नम्बरको ट्र्याक्टरमा लोड भएको तस्करीको गहुँ नेपाल भित्र्याउन अनुमति दिएका थिए।

भारतीय नम्बरको ट्र्याक्टरमा लोड गरिएको गहुँ नेपालतर्फ भित्र्याउँदै गरेको देखेर स्थानीयहरूले विरोध जनाएका थिए। विरोधकै क्रममा केही स्थानीय बासिन्दाले प्रदेश टिभीसँग सम्पर्क गरी घटनाको जानकारी दिएका थिए। जानकारी पाएपछि प्रदेश टिभीका संवाददाताले चौकीमा कार्यरत असई उप्रेधिसँग सोध्दा उनले “गहुँ नियन्त्रणमा लिइसकेको” दाबी गरे।

तर, स्थानीयको भनाइ अनुसार, असई उप्रेधिले आफ्नो बचाउका लागि गहुँ तस्करको घरमा पुर्‍याई ट्र्याक्टरको इन्जिन भारततर्फ फर्काइदिएका थिए। यसले प्रहरीको संलग्नता र प्रमाण मेटाउने प्रयास भएको आशंका थप बलियो बनाएको छ।

घटनाबारे सशस्त्र प्रहरीका मधेस प्रदेश प्रमुख डिआईजी कृष्ण ढकाललाई जानकारी दिइएपछि उनले बञ्जारी भिस्वा बिओपीका प्रमुख सशस्त्र प्रहरी निरीक्षक रोशन मगरलाई गहुँ नियन्त्रणमा लिन पठाउने बताए। निरीक्षक मगरले भने “गहुँ तस्करको घरभित्र राखिएको” र नियन्त्रणका लागि थप टोली बोलाइएको जानकारी दिए।

स्थानीयवासीहरूको आरोप छ कि प्रहरीकै मिलेमतोमा गहुँ भित्र्याइएको हो र त्यसलाई नियन्त्रणमा लिन कुनै वास्तविक प्रयास गरिएको छैन। उनीहरूका अनुसार, यस्तो तस्करीले राज्यको राजस्व नोक्सान मात्र होइन, कानूनको शासनमै प्रश्न उठाएको छ।

घटनाले बुड्गाई नाकाको सुरक्षा संयन्त्रमाथि गम्भीर शंका पैदा गरेको छ। स्थानीयहरूका अनुसार, प्रहरी र तस्करबीचको यस्तो ‘सेटिङ’ बन्द नभएसम्म सीमावर्ती क्षेत्रमा तस्करी नियन्त्रण असम्भव रहनेछ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको