LIVE 
पर्सा क्षेत्र नं. ४ मा एमाले उम्मेदवार जालिम मियालाई जिताउन भ्रष्टाचार मुद्दामा निलम्बित मनोज गुप्ता चुनावी प्रचारमा | बीरगंजको छोटी भन्सार पन्टोका नाका तस्करीको केन्द्र: नेपाल प्रहरी र सशस्त्र प्रहरीकै संरक्षणमा तस्करी फस्टाउँदै | पर्साको ड्राईपोर्ट र परवानिपुरमा ट्राफिक प्रहरी ड्युटी भन्दा बढी सवारीसाधनहरु सित पैसा असुल्नमा व्यस्त | पर्सामा फस्टायो तस्करी, तारकेश्वर र नरेश सहित दर्जनौं तस्करलाई जिल्ला प्रहरीले दियो लाईन | वीरगन्ज भन्सारमा ‘कृष्ण–लीला’ सुरु, सेटिङ मिलाउन वस्तुको पहिचानै गायब | छिपहरमाई गाउँपालिकाका अध्यक्ष मनोज गुप्ता सहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर | धार्मिक सद्भाव र शान्तिका लागि वीरगञ्जमा सर्वपक्षीय बैठक: पाँचबुँदे सहमति | पोखरिया नगरपालिकाको १०औँ हिउँदे नगरसभा सम्पन्न | भ्रष्टाचार मुद्दामा पूर्वमन्त्री राज कुमार गुप्तालाई विशेष अदालतबाट थुनामा राख्न आदेश | वीरगंजमा आर्थिक चलखेलमा लाईसेन्स बिक्री हुँदै, असुली गर्दै यातायात कार्यलय र ट्राफिक कार्यालयका बिचौलिया |

पर्सा जिल्लाको बहुदरमाई नगरपालिकामा जिल्ला प्रहरी कार्यालय पर्साको आयोजनामा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमको प्रमुख अतिथिका रूपमा प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको उपस्थिति रहेको थियो भने अध्यक्षता बहुदरमाई नगरपालिकाका नगर प्रमुख सिहासन साह तेलीले गरेका थिए।

नगरपालिका वडा नं. ०१ स्थित सभाहलमा आयोजित कार्यक्रममा बहुदरमाई नगरपालिकाकी उप-प्रमुख शुष्मा कुमारी कुशवाहा, जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्र, सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हेक्वाका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अजय श्रीवास्तव लगायतका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।

यस कार्यक्रममा बहुदरमाई नगरपालिकाका वडा अध्यक्षहरू, समाजसेवी, नागरिक समाजका प्रतिनिधिहरू, विभिन्न सरकारी तथा गैर सरकारी संघ-संस्थाका प्रतिनिधिहरू, सञ्चारकर्मीहरू तथा सर्वसाधारण नागरिकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा सहभागीहरूले स्थानीय स्तरमा देखिएका सुरक्षा चुनौती, सार्वजनिक सेवा प्रवाहमा देखा परेका समस्याहरू तथा समाधानका उपायहरूबारे आफ्ना धारणा प्रस्तुत गरेका थिए। प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख लगायतका जिम्मेवार व्यक्तिहरूले नागरिकका जिज्ञासाहरूको जवाफ दिँदै समस्याको समाधानमा प्रशासन तथा सुरक्षा निकाय सधैं जनताको साथमा रहेको प्रतिवद्धता व्यक्त गरे।

नागरिकसँग प्रत्यक्ष संवाद तथा जवाफदेहिताको अभ्यासका रूपमा कार्यक्रमलाई सफल मानिएको छ। सहभागीहरूले यस्ता कार्यक्रमले जनप्रतिनिधि र नागरिकबीचको दूरी घटाउने विश्वास व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको