LIVE 
आन्दोलनको सफलता : भिस्वा छोटी भन्सारबाटै भारतीय सवारीको निःशुल्क प्रवेश पास | धोबिनी गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक | भ्रष्टाचार मुद्दापछि वीरगञ्जका मेयर राजेशमान सिंह निलम्बित | पब्लिक फिटनेस सेन्टर वीरगंजको नवौँ स्थापना दिवसमा दोस्रो पुसअप प्रतियोगिता सम्पन्न | वीरगंजको नाकाबाट तस्करी, असुलीमा टाईगर टोलीका सिंह र यादव | मधेश प्रदेश सरकारको बजेट खर्च १९.४ प्रतिशतमा सीमित | पर्सा जिल्लामा मौलायो संगठित तस्करी, एसपी र डिएसपीको छुट्टाछुट्टै घुमुवा | सिमराको घुमुवा यादव आर्थिक तांडव मचाउँदै | पर्साको पोखरियाबाट ब्राउन सुगरसहित एक युवक पक्राउ | एमाले सचिवालय बैठकमा ओलीमाथि दबाब |

जेठ,२ वीरगंज । बहुदरमाई नगरपालिका वडा नं. १ स्थित बिश्रामपुर गाउँ हुँदै भौराटार–डौकैलासम्मको मुख्य सडकमा कालोपत्र (पिच) तथा नाला निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको छ । वर्षौंदेखि जीर्ण अवस्थामा रहेको उक्त सडकको स्तरोन्नति हुन थालेपछि स्थानीयवासी हर्षित भएका छन् ।

स्थानीयवासीको लामो प्रतीक्षा र मागपछि शुरु गरिएको पिच निर्माण कार्यको आज बहुदरमाई नगरपालिकाका नगरप्रमुख सिंगासन साहले स्थलगत अनुगमन गरेका हुन् । सडकको गुणस्तर, कामको प्रगति र स्थानीय जनताको सन्तुष्टिलाई ध्यानमा राख्दै मेयर साहले निर्माण कम्पनीका प्रतिनिधिहरूसँग प्रत्यक्ष संवाद पनि गरेका थिए ।

मेयर साहले भने, “यो सडक बहुदरमाई नगरपालिकाको जीवन रेखा हो । यसलाई आधुनिक शैलीमा कालोपत्रे बनाउने र दुवै किनारामा नाला निर्माण गर्ने काम भैरहेको छ । हामी गुणस्तरीय निर्माणमा कुनै सम्झौता गर्ने छैनौं ।”

सडक निर्माणले बिश्रामपुर, भौराटार, डौकैला लगायतका बस्तीहरूलाई नगरको मुख्य व्यापारिक केन्द्रहरूसँग सहज पहुँच दिलाउने नगरपालिकाको भनाइ छ । वर्षा याममा हिलो र धूलोका कारण अत्यन्तै सास्ती झेलेका स्थानीयवासी अब सजिलै हिँडडुल र यातायात सेवा लिन सक्ने अवस्था आएको भन्दै खुसी व्यक्त गरेका छन् ।

स्थानीय रामअसरे साह तेलीले भने, “पहिले यहाँको सडकको अवस्था अत्यन्तै खराब थियो, एम्बुलेन्स जान पनि मुस्किल पथ्र्यो । अहिले पिच बन्न थालेपछि हामीले साँच्चै विकास अनुभूति गरेका छौं ।”

सडकसँगै दुवैतर्फ नाला निर्माण भइरहेकोले वर्षायाममा पानी जम्ने समस्या पनि समाधान हुने नगर प्रमुख सिंगासन साहले जानकारी दिए । बहुदरमाई नगरपालिकाले आगामी वर्षहरूमा पनि प्राथमिकताका साथ यातायात पूर्वाधारलाई सुदृढ बनाउने रणनीति अघि सारेको छ ।

निर्माण कम्पनीले गुणस्तरको काम गर्ने प्रतिबद्धता जनाउँदै सडक निर्माण कार्य तोकिएको समयमै सम्पन्न गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको