LIVE 
पर्सामा प्रहरीको ठूलो सफलता: पोखरिया इलाका प्रहरीद्वोरा ११४ किलो गाँजा बरामद | नारायणी अस्पतालका चिकित्सकको सामूहिक राजीनामा, सीडीओ र एसपीको राजीनामा माग | स्वास्थ्य सेवा अवरुद्ध नगर्न मन्त्रालयको अपिल | छिपहरमाईमा १४० किलो गाँजा बरामद, अनुसन्धान तीव्र | आन्दोलनको सफलता : भिस्वा छोटी भन्सारबाटै भारतीय सवारीको निःशुल्क प्रवेश पास | धोबिनी गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक | भ्रष्टाचार मुद्दापछि वीरगञ्जका मेयर राजेशमान सिंह निलम्बित | पब्लिक फिटनेस सेन्टर वीरगंजको नवौँ स्थापना दिवसमा दोस्रो पुसअप प्रतियोगिता सम्पन्न | वीरगंजको नाकाबाट तस्करी, असुलीमा टाईगर टोलीका सिंह र यादव | मधेश प्रदेश सरकारको बजेट खर्च १९.४ प्रतिशतमा सीमित |

भारतको ओडिसा राज्यस्थित कीट (KIIT) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली छात्राले आत्महत्या गरेकी छिन्। प्रारम्भिक जानकारीअनुसार मृतक छात्रा पर्सा जिल्लाको वीरगञ्ज निवासी प्रिसा साह हुन्। उनी स्नातक (ब्याचलर) पहिलो वर्षमा अध्ययनरत थिइन्।

छात्राले आत्महत्या गर्नुको कारण हालसम्म स्पष्ट भएको छैन। घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरिसकेको छ भने विश्वविद्यालय प्रशासनले घटनाको पुष्टि गर्दै विस्तृत विवरण संकलनको प्रक्रिया चलिरहेको जनाएको छ।

यस घटनाले विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीहरूबीच गम्भीर चिन्ता र त्रासको वातावरण सिर्जना भएको छ। नेपाली समुदाय तथा अभिभावकहरू छोरीबुहारीको सुरक्षाको विषयमा चिन्तित देखिएका छन्। कीट विश्वविद्यालयमा यसअघि पनि यस्ता घटनाहरू दोहोरिएको पृष्ठभूमिमा विद्यार्थीहरूको मानसिक स्वास्थ्य र सुरक्षा व्यवस्थाप्रति प्रश्न उठ्न थालेको छ।

प्रिसा साहको आत्महत्या सामाजिक, मानसिक वा शैक्षिक दबाब हो वा अन्य केही, भन्नेबारे छानबिनपछि मात्रै खुलासा हुने अपेक्षा गरिएको छ। घटनाले अन्तर्राष्ट्रिय विद्यार्थीहरूको सुरक्षामा विशेष ध्यान दिनुपर्ने आवश्यकता औंल्याएको छ।

नेपाल सरकार, भारतीय नेपाली दूतावास, र विश्वविद्यालय प्रशासनबीच समन्वय गर्दै यस्ता घटनाको गहिरो अध्ययन र रोकथामका उपायहरू अवलम्बन गर्नुपर्ने आवाज पनि उठ्न थालेको छ।

सुरक्षा, मनोपरामर्श, र छात्रछात्राहरूको नियमित अवस्था निगरानीजस्ता विषयमा विश्वविद्यालयले थप ध्यान दिनुपर्ने देखिएको छ

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको