LIVE 
नारायणी अस्पतालका चिकित्सकको सामूहिक राजीनामा, सीडीओ र एसपीको राजीनामा माग | स्वास्थ्य सेवा अवरुद्ध नगर्न मन्त्रालयको अपिल | छिपहरमाईमा १४० किलो गाँजा बरामद, अनुसन्धान तीव्र | आन्दोलनको सफलता : भिस्वा छोटी भन्सारबाटै भारतीय सवारीको निःशुल्क प्रवेश पास | धोबिनी गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक | भ्रष्टाचार मुद्दापछि वीरगञ्जका मेयर राजेशमान सिंह निलम्बित | पब्लिक फिटनेस सेन्टर वीरगंजको नवौँ स्थापना दिवसमा दोस्रो पुसअप प्रतियोगिता सम्पन्न | वीरगंजको नाकाबाट तस्करी, असुलीमा टाईगर टोलीका सिंह र यादव | मधेश प्रदेश सरकारको बजेट खर्च १९.४ प्रतिशतमा सीमित | पर्सा जिल्लामा मौलायो संगठित तस्करी, एसपी र डिएसपीको छुट्टाछुट्टै घुमुवा |

पर्सामा राष्ट्रिय परिचयपत्र लिन नागरिकहरूले ठूलो सास्ती भोग्नु परेको छ। बिहान ६ बजेदेखि लाइनमा बसेर पनि सहज रूपमा सेवा नपाएको गुनासो स्थानीयहरूले गरेका छन्।

जिल्ला प्रशासन कार्यालय, पर्साको राष्ट्रिय परिचयपत्र वितरण शाखाले नागरिकलाई सहज सेवा दिने प्रयास गरे पनि सफल हुन नसकेको गुनासो छ। कार्यालयको सूचना अनुसार बिहान ७:३० देखि साँझ ७ बजे सम्म सेवा दिने भनिए पनि वास्तविकतामा जनताले समयमै सेवा पाउन सकेका छैनन्।

ग्रामीण भेगका नागरिकहरू बिहान ५ बजे घरबाट हिँडेर कार्यालय पुग्दा पनि घण्टौं लाइनमा बस्न बाध्य छन्। कर्मचारीहरू समयमा कार्यालय आए पनि काममा ढिलाइ गरेर जनतालाई थप सास्ती दिने गरेको गुनासो आएको छ।

नागरिकहरूले कार्यालय व्यवस्थापन सुधार गर्न र प्रभावकारी सेवा प्रदान गर्न माग गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको