LIVE 
पर्सा बारको ५१औं साधारण सभा सम्पन्न, पाँच बुँदे घोषणापत्र जारी | भारतको समर्थनभन्दा पहिले भूमि फिर्ता माग्नुपर्थ्यो" भन्दै आलोचना | भारतीय विश्वविद्यालयमा आत्महत्या: वीरगञ्जकी छात्रा मृत | अपहरणपछि फिरौती माग्ने चार जना पर्सा प्रहरीको फन्दामा | नेपाल–भारत सीमामा आवतजावत गर्दा सरकारी परिचयपत्र देखाउनुपर्ने | भौतिक पूर्वाधार मन्त्री यादवको नेतृत्वमा तीव्र विकास अभियान | सशस्त्र प्रहरीका डिएसपी लोकेन्द्र सुब्बाको दादागिरी, बिल वीजक भएको माछा बुझाए भन्सार | मन्त्री जयसवालद्वारा पर्साका चारवटै निर्वाचन क्षेत्रमा विकासका लहर, खेलकुददेखि सामाजिक कार्यसम्म | भीषण आगो निभाउन अध्यक्ष यादव आफैं मैदानमा | वीरगन्जको पञ्चमुखी हनुमान मन्दिरमा २१ औं साप्ताहिक सामूहिक हनुमान चालीसा पाठ सम्पन्न |

पर्सा, नेपाल – प्रेस सेन्टर नेपाल जिल्ला कार्य समिति पर्साको आयोजनामा होली मिलन समारोह तथा शुभकामना आदानप्रदान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

बीरगंज महानगरपालिका–१५ स्थित पोखरी रिसोर्टमा सम्पन्न कार्यक्रममा प्रेस सेन्टर नेपाल पर्साका अध्यक्ष शिवनाथ यादवको अध्यक्षतामा विभिन्न अतिथिहरूको उपस्थितिमा होली पर्वको उल्लासमय वातावरण सिर्जना गरियो।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्र, नेपाल पत्रकार महासंघका केन्द्रिय लेखा समितिका संयोजक केसी लामिछाने, मधेस प्रदेश अध्यक्ष श्याम बन्जरालगायतलाई अध्यक्ष यादवले अबिर लगाई शुभकामना आदानप्रदान गरे।

त्यसैगरी, प्रदेश सचिव दीपक गौतम, पर्सा अध्यक्ष ओमप्रकाश खनाल, सचिव विजय चौहान, सहसचिव अजय चौरसिया, प्रेस सेन्टर नेपालका केन्द्रिय सदस्य कृष्ण उदास खनाल, प्रतिनिधि सन्तोष पौडेल, मधेस प्रदेश अध्यक्ष निरज पिठाकोटे मगर, सचिव रन्जित पाण्डे, पूर्व सचिव मुनेश लायो मगर, प्रदेश सदस्य दीपेन्द्र कुमार साह, भरत सर्राफ, प्रदेश प्रतिनिधि रुपेश वर्मा, जिल्ला अध्यक्ष शिवनाथ यादव, सचिव अजित भुजेल, सहसचिव बिदुर गौतम, रन्जित यादव, कोषाध्यक्ष सन्जित गुप्ता, सदस्यहरू रितेश झा, प्रणय साह, बलिराम यादव, सन्जोग गिरि, सन्तोष कुमार कुशवाह, अमिर मन्सुरी, शशि बिचित्र, अनिल ओझा, रन्जित चौरसियालगायतका सञ्चारकर्मीहरूलाई पनि अबिर टिका लगाएर शुभकामना आदानप्रदान गरियो।

कार्यक्रममा सहभागीहरूले विभिन्न होली गीतमा नृत्य गर्दै आपसी सद्भाव, भाईचारा र मित्रतालाई सधैं कायम राख्ने सन्देश प्रवाह गरे।

प्रेस सेन्टर पर्साका सचिव अजित कुमार भुजेलले कार्यक्रमको सहज सञ्चालन गरेका थिए।

{ Advt}

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको