LIVE 
सांसद पन्तको पहल र अधिवक्ता मेराजको बहस सफल : कर असुलीमा उच्च अदालतको रोक | सर्लाही नाकामा ‘सेटिङ’ को साम्राज्य ? भारतमै समातियो ५ टन चिनियाँ सामान, सुरक्षा संयन्त्रकै संलग्नता | समुदाय-प्रहरी साझेदारी" अन्तर्गत ट्राफिक सचेतनामुलक कार्यक्रम सम्पन्न | वीरगञ्ज मुख्य सडक विस्तारका लागि ठूलो अतिक्रमण हटाइयो | गृहमन्त्री सुधन गुरुङविरुद्ध प्रहरी प्रधान कार्यालयमा उजुरी | पर्सामा गाँजासहित चार भारतीय नागरिक पक्राउ | बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक, गृहमन्त्रीको भविष्य संकटमा | हप्तामा दुई बिदा भए पनि नारायणी अस्पतालको ओपीडी आइतबार खुल्ने | विद्यालयको बाउन्ड्रीभित्र बाटो विवाद, पर्सामा झडप—दुई पुरुष र तीन महिला घाइते | पर्साको छिपहरमाई–४ वडा कार्यालयभित्र कुटपिट र धम्की दिएको आरोप |

पर्सा जिल्ला प्रशासन कार्यालयले रंगहरूको महान् पर्व होलीको अवसरमा समस्त पर्साबासीलाई हार्दिक शुभकामना व्यक्त गरेको छ। प्रशासनले होली पर्व उल्लासमय तर मर्यादित रूपमा मनाउन अनुरोध गर्दै कानूनी र सामाजिक मर्यादाको पालना गर्न अपिल गरेको छ।

प्रशासनका अनुसार होली मनाउने क्रममा इच्छा विपरीत रंग छ्याप्ने, जथाभावी अबिर फाल्ने, हो-हल्ला गर्ने, लोला हान्ने तथा जबरजस्ती अमर्यादित वा उच्छृंखल व्यवहार प्रदर्शन गर्ने कार्य कानूनी रूपमा निषेधित छन्। यस्ता गतिविधि सामाजिक सद्भाव विथोल्न सक्ने भएकाले कोही कसैले नगर्न र नगराउन प्रशासनले अनुरोध गरेको छ।

होली हर्षोल्लासको पर्व भए पनि यसको नाममा गरिने अमर्यादित कार्यलाई प्रशासनले कडाइका साथ रोक्ने जनाएको छ। यदि कसैले जबरजस्ती गैरकानूनी वा अमर्यादित व्यवहार गरेमा प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनी दिइएको छ। कानूनअनुसार कसैको इच्छा विपरीत रंग वा अबिर लगाउनु दण्डनीय अपराध भएकाले यस्ता कार्य नगर्न-नगराउन प्रशासनले विशेष अनुरोध गरेको छ।

साथै, सर्वसाधारणको दैनिकी प्रभावित हुने गरी चर्को आवाजमा डिजे बजाउने कार्य नगर्न/नगराउन समेत प्रशासनले अपिल गरेको छ। अनावश्यक रूपमा सवारीसाधनको अवरोध, उच्छृंखल नाचगान तथा हो-हल्लाले अन्य नागरिकलाई असुविधा पुर्‍याउने भएकाले यस्ता क्रियाकलाप नगर्न प्रशासनले सबैलाई सचेत गराएको छ।

शान्ति-सुरक्षा तथा सद्भाव कायम राख्न सुरक्षाकर्मीहरूलाई आवश्यक निर्देशन दिइसकिएको र कुनै पनि अप्रिय घटना भएमा तुरुन्तै कारबाही गरिने प्रशासनले जनाएको छ।

होली पर्वलाई मर्यादित, शान्तिपूर्ण र उल्लासमय बनाउन सबै नागरिकको सहयोग आवश्यक रहेको भन्दै जिल्ला प्रशासन कार्यालय, पर्साले समस्त नागरिकलाई अनुशासित रूपमा होली मनाउन आह्वान गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको