LIVE 
नारायणी अस्पतालका चिकित्सकको सामूहिक राजीनामा, सीडीओ र एसपीको राजीनामा माग | स्वास्थ्य सेवा अवरुद्ध नगर्न मन्त्रालयको अपिल | छिपहरमाईमा १४० किलो गाँजा बरामद, अनुसन्धान तीव्र | आन्दोलनको सफलता : भिस्वा छोटी भन्सारबाटै भारतीय सवारीको निःशुल्क प्रवेश पास | धोबिनी गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक | भ्रष्टाचार मुद्दापछि वीरगञ्जका मेयर राजेशमान सिंह निलम्बित | पब्लिक फिटनेस सेन्टर वीरगंजको नवौँ स्थापना दिवसमा दोस्रो पुसअप प्रतियोगिता सम्पन्न | वीरगंजको नाकाबाट तस्करी, असुलीमा टाईगर टोलीका सिंह र यादव | मधेश प्रदेश सरकारको बजेट खर्च १९.४ प्रतिशतमा सीमित | पर्सा जिल्लामा मौलायो संगठित तस्करी, एसपी र डिएसपीको छुट्टाछुट्टै घुमुवा |

पर्सा जिल्ला प्रहरी कार्यालयले हिन्दू धर्मावलम्बीहरूको महान् पर्व होली (फागु पूर्णिमा) को अवसरमा सम्पूर्ण जनसमुदायलाई शुभकामना व्यक्त गर्दै मर्यादित, सुरक्षित, र शान्तिपूर्ण रूपमा पर्व मनाउन अनुरोध गरेको छ।

प्रहरी कार्यालयले होली मनाउँदा सुरक्षाका उपायहरू अपनाउनुपर्ने भन्दै विभिन्न सावधानी अपनाउन आग्रह गरेको छ। अपरिचित व्यक्तिहरूसँग होली नखेल्न, जबरजस्ती रंग नलगाउन, केमिकलयुक्त रंग तथा फोहोर पदार्थको प्रयोग नगर्न विशेष अनुरोध गरिएको छ। साथै, महँगा गरगहना लगाएर भिडभाड हुने स्थानमा नजान, अपरिचित व्यक्तिले दिएको खानेकुरा नखान, ट्राफिक नियमको पूर्णपालना गर्न तथा मादक पदार्थ सेवन गरी सवारी साधन नचलाउन चेतावनी दिइएको छ।

प्रहरी कार्यालयले महिला, बालबालिका, अशक्त व्यक्ति तथा ज्येष्ठ नागरिकलाई कुनै पनि प्रकारको दुर्व्यवहार नगर्न सन्देश दिएको छ। रेलिङ नभएका छत तथा सडकमा होली नखेल्न, भीडभाडमा जथाभावी नहिँड्न र धार्मिक-साम्प्रदायिक सद्भाव खलल पार्ने कुनै पनि गतिविधि नगर्न आग्रह गरिएको छ।

यस पर्वको समयमा भिडभाड हुने स्थानमा पकेटमारी, लुटपाट तथा अन्य आपराधिक गतिविधि हुन सक्ने भएकाले विशेष सावधानी अपनाउन प्रहरीको अनुरोध छ। कसैले जबरजस्ती रंग लगाइदिएमा, अभद्र व्यवहार गरेमा वा कुनै आपराधिक गतिविधि देखिएमा तत्काल प्रहरी नियन्त्रण कक्ष (१००,९८५५०९०१३६,९८५५०२८२८५,९८५५०२८२८७) मा खबर गर्न आग्रह गरिएको छ।

यस्तै, सवारीचालकहरूलाई ट्राफिक नियम पालना गर्न, हेलमेट तथा सुरक्षा उपायहरू अपनाउन, मादक पदार्थ सेवन गरेर सवारी नचलाउन चेतावनी दिइएको छ। होलीका नाममा अशान्ति मच्चाउने, सार्वजनिक तथा निजी सम्पत्तिलाई क्षति पुर्याउने, वा कसैलाई जबरजस्ती होली खेल्न बाध्य पार्नेहरूमाथि कानुनी कारबाही गरिने प्रहरीले स्पष्ट पारेको छ।

प्रहरी कार्यालयले सबैलाई सभ्य, मर्यादित, र सुरक्षित वातावरणमा होली मनाउन आग्रह गर्दै पर्वलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सबैको सहकार्य आवश्यक रहेको उल्लेख गरेको छ

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको