LIVE 
नारायणी अस्पतालका चिकित्सकको सामूहिक राजीनामा, सीडीओ र एसपीको राजीनामा माग | स्वास्थ्य सेवा अवरुद्ध नगर्न मन्त्रालयको अपिल | छिपहरमाईमा १४० किलो गाँजा बरामद, अनुसन्धान तीव्र | आन्दोलनको सफलता : भिस्वा छोटी भन्सारबाटै भारतीय सवारीको निःशुल्क प्रवेश पास | धोबिनी गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक | भ्रष्टाचार मुद्दापछि वीरगञ्जका मेयर राजेशमान सिंह निलम्बित | पब्लिक फिटनेस सेन्टर वीरगंजको नवौँ स्थापना दिवसमा दोस्रो पुसअप प्रतियोगिता सम्पन्न | वीरगंजको नाकाबाट तस्करी, असुलीमा टाईगर टोलीका सिंह र यादव | मधेश प्रदेश सरकारको बजेट खर्च १९.४ प्रतिशतमा सीमित | पर्सा जिल्लामा मौलायो संगठित तस्करी, एसपी र डिएसपीको छुट्टाछुट्टै घुमुवा |

प्रेस सेन्टर नेपाल पर्साको बैठक सम्पन्न भएको छ। बैठकमा जनतासँग माओवादी, तराई मधेस जागरण अभियान कार्यक्रमको तयारीबारे छलफल गरिएको छ।

उक्त अभियान यही फागुन २५ र २६ गते पर्सामा आयोजना हुने तय भएको छ। अभियान टोली फागुन २५ गते आइतबार दिउँसो ३:३० बजे पर्सा आउने भएकाले भव्य स्वागत गर्ने निर्णय बैठकले गरेको छ। फागुन २६ गते सोमबार बिहान ६:०० बजे घन्टाघरबाट मर्निङ वाक कार्यक्रम आयोजना गरिनेछ। त्यसपछि वीरगंजका उद्योगी तथा व्यापारीहरूसँग अन्तरक्रिया कार्यक्रम हुनेछ। त्यसैगरी, पत्रकार भेटघाट कार्यक्रमपछि अलौ हुँदै ठोरीमा दिउँसो ३:०० बजे जनसभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।

बैठकमा अभियानलाई सभ्य र भव्य बनाउनका साथै कार्यक्रमको समाचार सम्प्रेषण गरी सफल बनाउने विषयमा छलफल गरिएको थियो।

उक्त बैठक सामुदायिक नारायणी एफएम परिसरमा प्रेस सेन्टर नेपाल पर्साका अध्यक्ष शिवनाथ यादवको अध्यक्षतामा सम्पन्न भएको थियो। बैठकमा केन्द्र, प्रदेश र जिल्ला तहका सम्पूर्ण पदाधिकारी, सदस्य तथा नयाँ साथीहरूको उपस्थिति रहेको जिल्ला सचिव अजित भुजेलले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको