LIVE 
नारायणी अस्पतालका चिकित्सकको सामूहिक राजीनामा, सीडीओ र एसपीको राजीनामा माग | स्वास्थ्य सेवा अवरुद्ध नगर्न मन्त्रालयको अपिल | छिपहरमाईमा १४० किलो गाँजा बरामद, अनुसन्धान तीव्र | आन्दोलनको सफलता : भिस्वा छोटी भन्सारबाटै भारतीय सवारीको निःशुल्क प्रवेश पास | धोबिनी गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक | भ्रष्टाचार मुद्दापछि वीरगञ्जका मेयर राजेशमान सिंह निलम्बित | पब्लिक फिटनेस सेन्टर वीरगंजको नवौँ स्थापना दिवसमा दोस्रो पुसअप प्रतियोगिता सम्पन्न | वीरगंजको नाकाबाट तस्करी, असुलीमा टाईगर टोलीका सिंह र यादव | मधेश प्रदेश सरकारको बजेट खर्च १९.४ प्रतिशतमा सीमित | पर्सा जिल्लामा मौलायो संगठित तस्करी, एसपी र डिएसपीको छुट्टाछुट्टै घुमुवा |

वीरगंज । बहुलराष्ट्रिय राज्यको स्थापना र स्वदेशवाद एवं सामुदायिक समाजवादको लागि पूर्व उपप्रधानमंत्री राजेन्द्र महतोको नेतृत्वमा स्थापित पार्टीको आज वीरगंजको पर्सामा जिल्ला कार्यालयको उद्घाटन भएको छ ।

वीरगंजको चीनी मिल आवास क्षेत्र अगाडी आजदेखि संचालनमा आएको पार्टी कार्यालयको उद्घाटन केन्द्रीय सदस्य नेजामुद्दीन शमानीले गर्नु भएको हो । उद्घाटनपछि पार्टी कार्यालयमा पर्सा जिल्ला संयोजक राजेश साहको अध्यक्षतामा बसेको बैठक बसेको थियो । बैठकमा पार्टीका केन्द्रीय सदस्य शमानी तथा अनिरुद्ध प्रसाद कलवार, रेखा घिमरे, जयलाल साह, सरीता कुमारी साह, हजरत खां, हाकिम मियाँ, दिव्य प्रकाश चतुर्वेदी लगायतका जिल्ला नेताहरुको उपस्थिति थियो ।

बैठकले जिल्लामा पार्टीको संगठनको गतिविधि बढाउने र यही फागुन १२, १३ गते हुने केन्द्रीय समितिको बैठकबारे छलफल गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको