LIVE 
पर्सा बारको ५१औं साधारण सभा सम्पन्न, पाँच बुँदे घोषणापत्र जारी | भारतको समर्थनभन्दा पहिले भूमि फिर्ता माग्नुपर्थ्यो" भन्दै आलोचना | भारतीय विश्वविद्यालयमा आत्महत्या: वीरगञ्जकी छात्रा मृत | अपहरणपछि फिरौती माग्ने चार जना पर्सा प्रहरीको फन्दामा | नेपाल–भारत सीमामा आवतजावत गर्दा सरकारी परिचयपत्र देखाउनुपर्ने | भौतिक पूर्वाधार मन्त्री यादवको नेतृत्वमा तीव्र विकास अभियान | सशस्त्र प्रहरीका डिएसपी लोकेन्द्र सुब्बाको दादागिरी, बिल वीजक भएको माछा बुझाए भन्सार | मन्त्री जयसवालद्वारा पर्साका चारवटै निर्वाचन क्षेत्रमा विकासका लहर, खेलकुददेखि सामाजिक कार्यसम्म | भीषण आगो निभाउन अध्यक्ष यादव आफैं मैदानमा | वीरगन्जको पञ्चमुखी हनुमान मन्दिरमा २१ औं साप्ताहिक सामूहिक हनुमान चालीसा पाठ सम्पन्न |

पर्सा जिल्लाको धोबिनी गाउँपालिका-५ मा अवस्थित ‘द ह्युमन लभ च्यारिटी/फण्ड’ नामक संस्थाले आजदेखि निःशुल्क एसईई तयारी कक्षा सञ्चालनमा ल्याएको छ। आर्थिक रुपमा कमजोर तथा गुणस्तरीय शिक्षा प्राप्त गर्न इच्छुक विद्यार्थीहरूलाई लक्षित गर्दै यो अभियान सुरु गरिएको हो।

यस संस्थाका संचालकले विद्यार्थीहरूको हितलाई ध्यानमा राख्दै नेसनल कलेजमा विशेष कार्यक्रमको आयोजना गरेका थिए। उक्त कार्यक्रममा प्रमुख अतिथिका रूपमा सुदिल पटेल तथा सलाउद्दीन अहमदको उपस्थिति रहेको थियो। साथै, संस्थाका महत्वपूर्ण सदस्यहरूमा मोहम्मद मुस्ताक अन्सारी, मोहम्मद खालिद अन्सारी, विकास कुमार, परवेज अन्सारी, मोहम्मद मेराज आलम लगायत अन्य व्यक्तिहरू सहभागी भएका थिए।

संस्थाका अध्यक्ष तथा संस्थापक एजाज अन्सारीका अनुसार नेसनल कलेजमा पप्पु यादवद्वारा कक्षाहरू सञ्चालन गराइनेछ। उनले बताएअनुसार विद्यार्थीहरूलाई राम्रो शिक्षा प्रदान गर्नका लागि अनुभवी शिक्षकहरूको संयोजन गरिएको छ, जसले उनीहरूको एसईई परीक्षामा उत्कृष्ट नतिजा दिलाउने लक्ष्य लिएको छ।

‘द ह्युमन लभ च्यारिटी/फण्ड’ संस्था सहयोगी भावनाले स्थापना गरिएको सामाजिक संस्था हो। यसअघि पनि संस्थाले विभिन्न सामाजिक कार्यहरू गर्दै आएको छ। अध्यक्ष अन्सारीका अनुसार यो संस्था शिक्षाको क्षेत्रमा मात्रै नभई स्वास्थ्य, खाद्य वितरण र अन्य सामाजिक सेवाहरूमा समेत सक्रिय रूपमा योगदान दिँदै आएको छ।

कार्यक्रममा सहभागी अतिथिहरूले संस्थाको प्रशंसा गर्दै यस्तो अभियानले समुदायका विद्यार्थीहरूलाई शिक्षा हासिल गर्न ठूलो मद्दत गर्ने उल्लेख गरे। प्रमुख अतिथि पप्पु यादवले भने, “शिक्षा नै उज्ज्वल भविष्यको आधार हो। यस्तो महान कार्यमा हातेमालो गर्न पाउनु गौरवको कुरा हो।”

संस्थाले आगामी दिनहरूमा थप सामाजिक सेवा तथा शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्ने योजना बनाएको छ। विद्यार्थीहरूले निःशुल्क एसईई कक्षा मार्फत राम्रो तयारी गर्न पाउने हुँदा यस अभियानले धेरैलाई लाभ पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको