LIVE 
भ्रष्टाचार मुद्दापछि वीरगञ्जका मेयर राजेशमान सिंह निलम्बित | पब्लिक फिटनेस सेन्टर वीरगंजको नवौँ स्थापना दिवसमा दोस्रो पुसअप प्रतियोगिता सम्पन्न | वीरगंजको नाकाबाट तस्करी, असुलीमा टाईगर टोलीका सिंह र यादव | मधेश प्रदेश सरकारको बजेट खर्च १९.४ प्रतिशतमा सीमित | पर्सा जिल्लामा मौलायो संगठित तस्करी, एसपी र डिएसपीको छुट्टाछुट्टै घुमुवा | सिमराको घुमुवा यादव आर्थिक तांडव मचाउँदै | पर्साको पोखरियाबाट ब्राउन सुगरसहित एक युवक पक्राउ | एमाले सचिवालय बैठकमा ओलीमाथि दबाब | बारा विवादपछि रास्वपा वडा र पालिका अधिवेशनमा केन्द्रित | भिस्वा–सिक्टा सडक क्षेत्रमा अव्यवस्था रोक्न गाउँपालिकाको कदम |

प्रेस सेन्टर नेपाल, जिल्ला कार्य समितिको बैठक आज पर्साको बिरगंजस्थित होटल गेटवेमा सम्पन्न भएको छ। बैठकको अध्यक्षता प्रेस सेन्टर नेपाल, पर्साका अध्यक्ष शिवनाथ यादवले गर्नुभएको थियो। बैठकले प्रेस सेन्टर नेपालको २१ औं स्थापना दिवस विशेष कार्यक्रमसहित मनाउने निर्णय गरेको छ।

बैठकले माघ १५ गते, मंगलवार बिहान ८:०० बजे घन्टाघरमा जम्मा भई प्रभातफेरि आयोजना गर्ने र बिहान ९:०० बजेदेखि बिरगंज रक्तसञ्चार केन्द्रमा रक्तदान कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ। यो जानकारी प्रेस सेन्टर नेपाल, पर्साका सचिव अजित भुजेलले दिनुभयो।

बैठकमा प्रेस सेन्टर नेपालका केन्द्रिय सदस्य निरज पिठाकोटे मगर, मधेस प्रदेश सदस्य अशोक कुमार श्रीवास्तव, प्रदेश प्रतिनिधि रुपेश वर्मा, जिल्ला सचिव अजित भुजेल, सहसचिव विदुर गौतम, कोषाध्यक्ष सन्जित गुप्ता, र सदस्यहरू रितेन्द्र झा, बलिराम यादव, विशाल पटेल, आनन्द साह, सन्जोग गिरि, सन्तोष कुशवाह, अमिर मंसुरी, भरत सर्राफ, सुमित कुमार पटेल, र मुमताज मिया लगायतको उपस्थिति रहेको थियो।

बैठकमा २१ औं स्थापना दिवसको कार्यक्रमलाई प्रभावकारी बनाउन विभिन्न योजनाहरू प्रस्तुत गरिएको थियो। साथै, स्थापना दिवसका कार्यक्रमहरूमा सबै पत्रकार तथा सदस्यहरूको सक्रिय सहभागिता सुनिश्चित गर्न अपिल गरिएको छ।

उक्त बैठकले प्रेस सेन्टर नेपालको लक्ष्य र उद्देश्यलाई अझ प्रभावकारी ढंगले अघि बढाउन संयुक्त प्रयासको आवश्यकता औंल्याएको छ। बैठकमा पत्रकारिता क्षेत्रको वर्तमान अवस्था र प्रेस सेन्टरको भूमिकाबारे पनि छलफल गरिएको थियो।

यो निर्णयले पत्रकारिता क्षेत्रलाई थप एकताबद्ध र सशक्त बनाउने विश्वास गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार

धेरै पढिएको