LIVE 
नारायणी अस्पतालका चिकित्सकको सामूहिक राजीनामा, सीडीओ र एसपीको राजीनामा माग | स्वास्थ्य सेवा अवरुद्ध नगर्न मन्त्रालयको अपिल | छिपहरमाईमा १४० किलो गाँजा बरामद, अनुसन्धान तीव्र | आन्दोलनको सफलता : भिस्वा छोटी भन्सारबाटै भारतीय सवारीको निःशुल्क प्रवेश पास | धोबिनी गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक | भ्रष्टाचार मुद्दापछि वीरगञ्जका मेयर राजेशमान सिंह निलम्बित | पब्लिक फिटनेस सेन्टर वीरगंजको नवौँ स्थापना दिवसमा दोस्रो पुसअप प्रतियोगिता सम्पन्न | वीरगंजको नाकाबाट तस्करी, असुलीमा टाईगर टोलीका सिंह र यादव | मधेश प्रदेश सरकारको बजेट खर्च १९.४ प्रतिशतमा सीमित | पर्सा जिल्लामा मौलायो संगठित तस्करी, एसपी र डिएसपीको छुट्टाछुट्टै घुमुवा |

राजन कुमार बानिया पर्सा ८ माघ । धोबिनी गाउँपालिका वडा नम्बर ३, गुलरिया— उपकार सेवा नेपालको अध्यक्ष विद्या कुमारी सरावगीको सहयोगमा धोबिनी गाउँपालिकाको वडा नम्बर ३ स्थित दलित समुदायका बालबालिकाहरूलाई शैक्षिक सामग्री वितरण गरिएको छ।
कार्यक्रमको आयोजना उपकार सेवा नेपालले गरी, दलित समुदायका बालबालिकाहरूको शैक्षिक सुधारमा सहयोग पुर्‍याउने उद्देश्यका साथ शैक्षिक सामग्री वितरण गरिएको हो। यस अवसरमा, नेकपा (एमाले) मधेश प्रदेश कमिटीको सदस्य सलाउदिन अहमदले शिक्षाको महत्वलाई जोड दिँदै बालबालिकाहरूलाई अध्ययनमा प्रोत्साहित गर्नका लागि यस्ता अभियान आवश्यक भएको बताउनुभयो।
कार्यक्रममा दलित समुदायको बालबालिकाहरुलाई कापी, पेंशिल, कटर तथा इरेजर सामग्री लगायतका शैक्षिक सामग्री वितरण गरियो। स्थानीय बालबालिकाहरू र अभिभावकहरूले यस्तो सहयोगले बालबालिकाको शिक्षामा थप प्रेरणा दिने विश्वास व्यक्त गरेका छन्।
समाजको शैक्षिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याउन यस्ता कार्यक्रमहरू निरन्तर सञ्चालन गरिने कुरा नेकपा (एमाले) का नेता अहमदले बताए।कार्यक्रममा श्री अजीज मियाँ मा बी का प्र अ जितेन्द्र राम , स्थानीय प्रेम पटेल , बिहारी राम , शिक्षक लालबाबू राम लगायतको उपास्थि रहयो
धोबिनी गाउँपालिकाका दलित समुदायमा शिक्षाको प्रकाश फैलाउँदै उपकार सेवा नेपाल

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको