LIVE 
पर्सामा प्रहरीको ठूलो सफलता: पोखरिया इलाका प्रहरीद्वोरा ११४ किलो गाँजा बरामद | नारायणी अस्पतालका चिकित्सकको सामूहिक राजीनामा, सीडीओ र एसपीको राजीनामा माग | स्वास्थ्य सेवा अवरुद्ध नगर्न मन्त्रालयको अपिल | छिपहरमाईमा १४० किलो गाँजा बरामद, अनुसन्धान तीव्र | आन्दोलनको सफलता : भिस्वा छोटी भन्सारबाटै भारतीय सवारीको निःशुल्क प्रवेश पास | धोबिनी गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक | भ्रष्टाचार मुद्दापछि वीरगञ्जका मेयर राजेशमान सिंह निलम्बित | पब्लिक फिटनेस सेन्टर वीरगंजको नवौँ स्थापना दिवसमा दोस्रो पुसअप प्रतियोगिता सम्पन्न | वीरगंजको नाकाबाट तस्करी, असुलीमा टाईगर टोलीका सिंह र यादव | मधेश प्रदेश सरकारको बजेट खर्च १९.४ प्रतिशतमा सीमित |

सर्लाही : सर्लाहीको हरिपुर नगरपालिका–१ जानकीनगरमा जङ्गली हात्तीले घरका बेराघेरा भत्काउने र खेतमा लगाएको अन्नबाली नष्ट गर्न थालेपछि स्थानीय त्रसित बनेका छन्।

४ दिनदेखि देखापरिरहेका तीनवटा जङ्गली हात्तीले जानकी नगरका बासिन्दालाई आतङ्कित पारेका हुन्।

हात्तीले ४ दिनमा ३ वटा घर भत्काइसकेका छन्। आइतवार विहानमात्रै जानकीनगर साझेदारी वननजिक पर्ने प्रेमबहादुर लामा र केशव उप्रेतीको घरमा हात्ती आएर घरका बेरा भत्काइदिएको स्थानीयले बताएका छन्।

यसअघि शुक्रवार राति हात्तीको समूहले स्थानीय तुलमाया मगरको घरका बेराघेरा भत्काइदिएको थियो।

हात्तीले स्थानीय किसानले २ बिघाभन्दा बढी जग्गामा लगाएको उखु, गहुँ, मकैलगायत बालीनाली नष्ट पारिसकेको हरिपुर नगरपालिका–१ का वडाध्यक्ष नानीबाबु थापाले जानकारी दिए।

समूहमा रहेका जङ्गली हात्ती नियन्त्रण गरिदिन माग गर्दै डिभिजन वन कार्यालयमा हारगुहार गरे पनि कुनै उपाय नलागेको वडाध्यक्ष थापाको भनाइ छ।

रात पर्नासाथ बस्तीमा हात्ती आएर उपद्रो सुरु गर्ने गरेकाले स्थानीय बासिन्दाले बस्तीका बिजुलीको पोलमा बत्ती जडान गरिदिन माग गरे पनि ३ महिनादेखि नगरपालिका कार्यालयमा प्रमुख प्रशासकीय अधिकृत नहुँदा बजेट सञ्चालन हुन नसकेका कारण हात्ती प्रभावित गाउँलाई उज्यालो पार्नसमेत नसकिएको वडाध्यक्ष थापाको भनाइ छ।

हात्तीको समूह दिनभर नजिकको जङ्गलमा बस्ने र रात पर्नासाथ मानव बस्तीमा छिरेर घरका बेरोघरा भत्काइदिने, भण्डार गरेर राखेको अन्न खाइदिने‚ नष्ट गरिदिने र खेतमा लगाएको बालीसमेत नष्ट गर्ने गरेको स्थानीयले बताएका छन्।

४ दिनदेखि जानकी नगरको जङ्गलमा हात्ती आएर बसेपछि जानकी नगरसहित मुर्तिया, घुर्कौलीलगायत जङ्गल आसपास रहेका बस्तीमा त्रास सिर्जना भएको छ।

डिभिजन वन कार्यालय सर्लाहीका प्रमुख सन्तोष झाले वर्षेनि आइरहने जङ्गली हात्तीलाई नियन्त्रण गर्न वन कार्यालय वा निकुञ्जले केही गर्न सक्ने अवस्था नरहेको बताए।

उनले हात्तीलाई जथाभावी नजिस्काउन र सुरक्षित भएर बस्न स्थानीयसँग आग्रह गरेका छन्। हात्तीले घर वा अन्नबालीमा क्षति पुर्‍याए नियमानुसार क्षतिपूर्ति प्रदान गरिने डिभिजन वन प्रमुख झाको भनाइ छ।

 

from:  https//thahakhabar.com/news/219786/

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको