धिरज बर्णवाल

वीरगन्ज। पकहाँमैनपुर संघर्ष युवा समाज द्वारा बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

पकहाँमैनपुर गाउँपालिका वडा नं -३ मा पर्ने पकहाँ स्थित रहेको स्वास्थ्य चौकीमा भएको कार्यक्रममा ३ जना महिला सहित ३१ जनाले रक्तदान गरेको आयोजकले जनाएको छ ।

यस पकहाँमैनपुर संघर्ष युवा समाजका अध्यक्ष आदित्य शर्माको अध्यक्षतामा भएको रक्तदान कार्यक्रमको उदघाटन नेपाल रेड क्रस सोसाईटी पर्सा शाखाको निवर्तमान सभापति तथा सिद्धार्थ मा.वि. विद्यालयका प्रधानाध्यापक श्री बिनोद मेहता ज्यूको प्रमुख अतिथिमा सम्पन्न भएको छ।

सो रक्तदान कार्यक्रममा सुबोध सहनी, मुकेश मेहता, राजन साह, रवि दास, रवीन्द्र चौरसिया, पूजा चौहान, प्रमिला यादव, आशा देवी लगायत ३१ जनाले रक्तदान गरेका हुन्।

त्यस्तै कार्यक्रम संस्थाका अध्यक्ष आदित्य शर्मा, महिला उपाध्यक्ष लालसा देवी, कोषाध्यक्ष किरन पटेल, महा सचिव विजय कुमार सहनी, सचिव चन्देस्वर कुमार यादव, सहसचिव नितेश कुमार यादव सदस्य रवीन्द्र चौरसिया, धिरज वर्णवाल, आकाश पटेल, मुकेश साह, शेषनाथ साह गोढ, शंकर ठाकुर हजाम, सरोज शर्मा लगायतका सहभागिता रहेको थियो।

त्यस्तै कार्यक्रममा अतिथि को रूपमा स्वास्थ्य चौकीका अ.न.मि पूजा चौहान, प्रमिला यादव, नेकपा एमालेका कमिटी अध्यक्ष अकलेश कुमार शाह, युवा नेता प्रमोद पटेल, रामबाबु चौरसिया, नेपाली कांग्रेसका नेता सन्तोष पटेल, रामसेवक पाण्डे, धोरे चौकीका प्रहरी सहायक निरीक्षक अरविन्द कुमार यादव, पकहाँ वि.ओ.पी का प्रहरी नायब निरीक्षक रामेश्वर कार्की सहितका उपस्थिति रहेको थियो।

सो अवसरमा प्रमुख अतिथि मेहताले संघर्ष युवा समाजले आयोजना गरेको रक्तदान कार्यक्रम सराहनीय रहेको भन्दै यस्ता समाजिक कार्यमा निरन्तरता दिन सुझाव दिएका थिए। उनले ग्रामीण भेगका युवाहरुले लागुऔषध सेवन तथा गलत कुलतमा परेको र त्यसता गतिबिधिले समाजमा नकरात्मक असर परिरहेको हुनाले यो समस्या सुधारमा ल्याउन समेत योजनाबद्ध भएर काम गर्न आग्रह समेत गरेका थिए।

 

 

यसै गरी पकहाँ वि.ओ.पि का प्रहरी नायब निरीक्षक कार्कीले संघर्ष युवा समाज भनेको नामै काफी छ, युवा भनेको संघर्ष नै हो यो चाहिँ बलियो हुनुपर्यो समाजका लागि मुल्खाम भनेको र देश विकासका लागि जति नै फ्यदा पुर्याउने भनेको युवा नै हो, हाम्रो शरीरमा खेर जाने रगत हो यो पछि फेरि आफै उत्पादन हुने जमाएर राख्ने होइन बरु अरूको शरीरमा गयो भने कसैको जीवन बचाउन सक्छ त्यसतै एक हजार कि.मी यात्रा एक पाईला बाट नै सुरुवात हुन्छ भने बताउनु भएको छ ।

त्यस्तै धोरे प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक यादवले यस संघर्ष युवा समाजमा यस्तै राम्रो कार्य गर्दै जानुस् भने हाम्रो साथ र सहयोग सधैं हुन्छ भने प्रतिबद्धता गरेका हुन्।

यसैगरी नेकपा एमाले पकहाँमैनपुर गाउँपालिका कमिटी अध्यक्ष अकलेश कुमार साहले नयाँ संस्था हुदाँ पनि स्थापनाको महिनौ नबितिदा समाजिक कार्य तर्फ अग्रसर हुनु सराहनीय रहेको बताए।

यसै गरी यस संस्थाका अध्यक्ष आदित्य शर्माले समाजमा भईरहेको विकृति, कुटनीतिक र भ्रष्टचारी जस्ता कुरीतिहरुलाई जरै देखि उखालेर फ्याक्ने भने प्रतिबद्धता समेत गरेका हुन् र साथै यो संस्था समाज विकासको लागि सधैं अग्रसर हुनेछ र यति भनेर वहाँले कार्यक्रम समापन गर्नु भएको छ।

नेपाल रेड क्रस सोसाईटी वीरगन्ज ब्लड बैंकका प्रतिनिधि जितेन्द्र महतो कुशवाहा पकाहाँमैनपुर संघर्ष युवा समाजलाई धन्यवाद गर्दै प्रमाण पत्र हस्तान्तरण गराउनु भयो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको