LIVE 
पर्सामा प्रहरीको ठूलो सफलता: पोखरिया इलाका प्रहरीद्वोरा ११४ किलो गाँजा बरामद | नारायणी अस्पतालका चिकित्सकको सामूहिक राजीनामा, सीडीओ र एसपीको राजीनामा माग | स्वास्थ्य सेवा अवरुद्ध नगर्न मन्त्रालयको अपिल | छिपहरमाईमा १४० किलो गाँजा बरामद, अनुसन्धान तीव्र | आन्दोलनको सफलता : भिस्वा छोटी भन्सारबाटै भारतीय सवारीको निःशुल्क प्रवेश पास | धोबिनी गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक | भ्रष्टाचार मुद्दापछि वीरगञ्जका मेयर राजेशमान सिंह निलम्बित | पब्लिक फिटनेस सेन्टर वीरगंजको नवौँ स्थापना दिवसमा दोस्रो पुसअप प्रतियोगिता सम्पन्न | वीरगंजको नाकाबाट तस्करी, असुलीमा टाईगर टोलीका सिंह र यादव | मधेश प्रदेश सरकारको बजेट खर्च १९.४ प्रतिशतमा सीमित |

पर्सा ३ माघ । उपकार सेवा नेपाल द्वारा ,श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय बडगो , जगरनाथपुर गाउँपालिका-३ बडगोलाई १ सेट खानेपानीको लागि चापाकल (धारा) जडान गरी आज उद्घाटन गरिएका छन। संस्थाका अध्यक्ष बिद्यालय कुमारीले धाराको उद्घाटन गर्दै सरावगी सो बिद्यालय अध्ययनरत १ सय जना छात्रछात्राहरुलाई कापी, सिसाकलम, कटर लगायतका सामग्री बितरण गरेका छन। बिद्यालय स्थापना भएको करिब २५ बर्ष बिति सक्दा पनि खानेपानीका लागि धारा जडान भएका थिएन। जसका कारण बिद्यार्थीहरुलाई खानेपानीका लागि बिद्यालय बाहिर जानु परेका बिद्यालयका शिक्षकहरुले बताए। यस समस्या समाधानका लागि सामाजिक अभियान्ता प्रकाश थारुको पहलमा सो धारा निर्माण गर्न सकिएको बिद्यालय प्रधानाध्यापक ओमप्रकाश चौधरीले बताए।

यो प्रशंसनीय कार्यलाई श्री नेपाल राष्ट्रिय प्राथमिक बिद्यालय बडगोले उपकार सेवा नेपाललाई प्रशन्सा पत्र प्रदान गरेका थिए। कार्यक्रममा उपकार सेवा नेपालका सदस्य पदमा देवी सरावगी, अंकुर शर्मा, जगरनाथपुर गाउँपालिका-३ का सदस्य हारण राउत गदी, शिक्षक मोस्लीम राउत गदी, यूवा अजय राम, सन्तोष राम लगायत स्थानीय बुद्धिजीवी, अभिभावकहरु,शिक्षकहरु तथा छात्रछात्राहरुको समेत सहभागिता रहेका थिए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको