LIVE 
हप्तामा दुई बिदा भए पनि नारायणी अस्पतालको ओपीडी आइतबार खुल्ने | विद्यालयको बाउन्ड्रीभित्र बाटो विवाद, पर्सामा झडप—दुई पुरुष र तीन महिला घाइते | पर्साको छिपहरमाई–४ वडा कार्यालयभित्र कुटपिट र धम्की दिएको आरोप | लेखा अधिकृत पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा | प्रतिनिधिसभा नियमावली संशोधनको तयारी, मस्यौदा समिति गठन हुने | प्रहरी कारबाहीविरुद्ध लेखापढी व्यवसायी आन्दोलित | ओली पक्राउ राजनीतिक प्रतिशोध: कोशी एमालेको कडा प्रतिक्रिया | शनिबार बिहानै पक्राउ, एमालेले सुरु गर्‍यो विरोध प्रदर्शन | आदर्श कोतवालमा बिलका भरमा लाखौँको घोटाला, ३८ लाखको मसलन्द खरिदमा व्यापक अनियमितता | नेपाली कांग्रेस भित्र अनुभव र सुझबुझको आधारमा डा. चन्द्रमोहन यादव संसदीय दलको नेता बन्ने चर्चा |

राजन कुमार बानिया पर्सा १८ मंसिर । पर्साको कालिकामाई गाउँपालिका अन्तर्गतका विद्यालयहरुले विद्यार्थीहरूबाट लिदै आएको TC,CC को शुल्कमा प्रतिबन्ध लगाउन कालिकामाई युवा समाजले गरेको प्रयासमा सहमति जनाउँदै शिक्षा समितिको अध्यक्ष समेत रहनुभएका पालिका प्रमुख वशिष्ठ कुमारले शुल्क नलिन सम्पूर्ण विद्यालयहरूलाई निर्देशन दिनुभएकोछ!

समाजका कोषाध्यक्ष बुलेट तिवारीले TC,CC लिन श्री सुकई साह मा.बि भेडिहारीमा जाँदा शुल्क लाग्ने कुरा विद्यालय व्यवस्थापन समितिले निर्णय गरेको प्र.अ. सुबोध कुमार चौरसियाले जानकारी गराएपछि उक्त शुल्क बारे युवा समाजले विस्तृत रूपमा अध्यन गर्दा त्यसबाट विद्यार्थीहरुमा अनुचित भार थपिएको थाह पाएपछि शुल्कमा प्रतिबन्धको लागि जोडतोडका साथ पहल गरिएकोथियो!

पालिका प्रमुख वशिष्ठ कुमारका अनुसार त्यस्ता शुल्क लिने कुनै पनि निर्देशन पालिकाको नभएको र विद्यालयहरुले लिदै गरेको त्यस्ता शुल्कबाट विद्यार्थीहरुमा अनुचित भार थपिएकोले तत्कालै शुल्कमा प्रतिबन्ध लगाउन शिक्षा शाखाबाट निर्देश पठाउने जानकारी प्राप्त भएकोछ!

आफूहरुले गरेको पहलमा सहमति जनाउँदै विद्यार्थीहरूको हितमा निर्देशन दिनुभएकोमा पालिका प्रमुखलाई धन्यबाद दिदै अब कुनै पनि विद्यार्थीले TC,CC निकाल्न जाँदा शुल्क नलाग्ने यदि कुनै विद्यालयले जबरदस्ती गरेमा तुरन्तै हामीलाई जानकारी गराउन युवा समाजका अध्यक्ष आकाश चौरसियाले आह्वान समेत गर्नुभाएकोछ!

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको