LIVE 
पर्सामा प्रहरीको ठूलो सफलता: पोखरिया इलाका प्रहरीद्वोरा ११४ किलो गाँजा बरामद | नारायणी अस्पतालका चिकित्सकको सामूहिक राजीनामा, सीडीओ र एसपीको राजीनामा माग | स्वास्थ्य सेवा अवरुद्ध नगर्न मन्त्रालयको अपिल | छिपहरमाईमा १४० किलो गाँजा बरामद, अनुसन्धान तीव्र | आन्दोलनको सफलता : भिस्वा छोटी भन्सारबाटै भारतीय सवारीको निःशुल्क प्रवेश पास | धोबिनी गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक | भ्रष्टाचार मुद्दापछि वीरगञ्जका मेयर राजेशमान सिंह निलम्बित | पब्लिक फिटनेस सेन्टर वीरगंजको नवौँ स्थापना दिवसमा दोस्रो पुसअप प्रतियोगिता सम्पन्न | वीरगंजको नाकाबाट तस्करी, असुलीमा टाईगर टोलीका सिंह र यादव | मधेश प्रदेश सरकारको बजेट खर्च १९.४ प्रतिशतमा सीमित |

बिरगंज –बिरगंजस्थित नेसनल मेडिकल कलेजले पार्किङ शुल्कको नाममा दैनिक लाखौं रुपैयाँ ठगी गरिरहेको पाइएको छ। उपचार गराउन आउने बिरामी र उनीहरूका आफन्तबाट अस्पतालले अनावश्यक शुल्क असुल्दै आएको खुलासा भएको छ। अस्पताल परिसरमा पार्किङ गरेबापत प्रत्येक सेवाग्राहीसँग १० रुपैयाँदेखि २५ रुपैयाँसम्म शुल्क लिइने गरिएको छ, जसले गर्दा दैनिक रुपमा ठूलो आर्थिक फाइदा अस्पतालले उठाइरहेको छ।

साधारण उपचारका लागि आउने बिरामी र उनीहरूको साथमा आउने आफन्तलाई अस्पताल प्रवेश गरेकोबित्तिकै पार्किङ शुल्क तिर्नुपर्ने बाध्यता रहेको छ। यो शुल्क सबै सेवाग्राहीबाट अनिवार्य रुपमा असुलिँदै आएको छ, जसका कारण उनीहरूलाई आर्थिक बोझ परिरहेको छ। धेरैजसो बिरामी आर्थिक हिसाबले कमजोर भएका कारण यस किसिमको शुल्कले उनीहरूलाई थप तनाव दिने गरेको बताइएको छ।

यसरी अनियमित रुपमा लिइएको पार्किङ शुल्क अस्पतालकै ठेकेदार र व्यवस्थापनको मिलेमतोमा असुलिँदै आएको आरोप स्थानीयहरूले लगाएका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको