LIVE 
मन्त्री जयसवालद्वारा पर्साका चारवटै निर्वाचन क्षेत्रमा विकासका लहर, खेलकुददेखि सामाजिक कार्यसम्म | भीषण आगो निभाउन अध्यक्ष यादव आफैं मैदानमा | वीरगन्जको पञ्चमुखी हनुमान मन्दिरमा २१ औं साप्ताहिक सामूहिक हनुमान चालीसा पाठ सम्पन्न | तराईको किसानहरूले आफनो बाली , कसरी जोगाउछ्न , सरकारले किन बुझेन किसानको समस्या ...? | त्रिशुली नदी बस दुर्घटनामा ज्यान गुमाएका परिवारलाई मेयर साहले गरे ५० हजार सहयोग | मधेसका किसानहरू आधुनिक कृषितर्फ उन्मुख, कमबाईनको प्रयोगले दिलायो सहजता | भिस्वा नाकाबाट मौलायो संगठित तस्करी, इंस्पेक्टर कार्की नै तस्करको मतियार | प्रमुख ६ वटा युवा संघ/संगठनहरूको साझा प्रतिवद्धता | इद पर्वमा परीक्षा: मुस्लिम विद्यार्थीहरूको चिन्ता | मधेश प्रदेश सरकारका मन्त्री सरोज यादवद्वारा एकैदिन दुई विकास परियोजनाको शिलान्यास |

बिरगंज –बिरगंजस्थित नेसनल मेडिकल कलेजले पार्किङ शुल्कको नाममा दैनिक लाखौं रुपैयाँ ठगी गरिरहेको पाइएको छ। उपचार गराउन आउने बिरामी र उनीहरूका आफन्तबाट अस्पतालले अनावश्यक शुल्क असुल्दै आएको खुलासा भएको छ। अस्पताल परिसरमा पार्किङ गरेबापत प्रत्येक सेवाग्राहीसँग १० रुपैयाँदेखि २५ रुपैयाँसम्म शुल्क लिइने गरिएको छ, जसले गर्दा दैनिक रुपमा ठूलो आर्थिक फाइदा अस्पतालले उठाइरहेको छ।

साधारण उपचारका लागि आउने बिरामी र उनीहरूको साथमा आउने आफन्तलाई अस्पताल प्रवेश गरेकोबित्तिकै पार्किङ शुल्क तिर्नुपर्ने बाध्यता रहेको छ। यो शुल्क सबै सेवाग्राहीबाट अनिवार्य रुपमा असुलिँदै आएको छ, जसका कारण उनीहरूलाई आर्थिक बोझ परिरहेको छ। धेरैजसो बिरामी आर्थिक हिसाबले कमजोर भएका कारण यस किसिमको शुल्कले उनीहरूलाई थप तनाव दिने गरेको बताइएको छ।

यसरी अनियमित रुपमा लिइएको पार्किङ शुल्क अस्पतालकै ठेकेदार र व्यवस्थापनको मिलेमतोमा असुलिँदै आएको आरोप स्थानीयहरूले लगाएका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको