LIVE 
पर्सा क्षेत्र नं. ४ मा एमाले उम्मेदवार जालिम मियालाई जिताउन भ्रष्टाचार मुद्दामा निलम्बित मनोज गुप्ता चुनावी प्रचारमा | बीरगंजको छोटी भन्सार पन्टोका नाका तस्करीको केन्द्र: नेपाल प्रहरी र सशस्त्र प्रहरीकै संरक्षणमा तस्करी फस्टाउँदै | पर्साको ड्राईपोर्ट र परवानिपुरमा ट्राफिक प्रहरी ड्युटी भन्दा बढी सवारीसाधनहरु सित पैसा असुल्नमा व्यस्त | पर्सामा फस्टायो तस्करी, तारकेश्वर र नरेश सहित दर्जनौं तस्करलाई जिल्ला प्रहरीले दियो लाईन | वीरगन्ज भन्सारमा ‘कृष्ण–लीला’ सुरु, सेटिङ मिलाउन वस्तुको पहिचानै गायब | छिपहरमाई गाउँपालिकाका अध्यक्ष मनोज गुप्ता सहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर | धार्मिक सद्भाव र शान्तिका लागि वीरगञ्जमा सर्वपक्षीय बैठक: पाँचबुँदे सहमति | पोखरिया नगरपालिकाको १०औँ हिउँदे नगरसभा सम्पन्न | भ्रष्टाचार मुद्दामा पूर्वमन्त्री राज कुमार गुप्तालाई विशेष अदालतबाट थुनामा राख्न आदेश | वीरगंजमा आर्थिक चलखेलमा लाईसेन्स बिक्री हुँदै, असुली गर्दै यातायात कार्यलय र ट्राफिक कार्यालयका बिचौलिया |

पर्सा ६ कार्तिक । पर्साको धोबिनी गाउँपालिका–४ लंगडीस्थित स्वास्थ्य चौकीमा रहेको प्रयोगशालामा आवश्यकताबमोजिम विद्युत् आपूर्ति नहुँदा ३८ लाख रुपैयाँ बराबरका आधुनिक उपकरण साढे दुई वर्षदेखि प्रयोगविहीन बनेका छन् ।
कलेजो, मिर्गौला, लिपिड प्रोफाइल परीक्षणका लागि आउने बिरामी मेसिन नचल्दा मर्कामा परेका हुन् । रगत परीक्षणका लागि अन्यत्र जानुपर्ने बाध्यता रहेको छ ।
मधेस सरकारले उपलब्ध गराएको बायोक्यामेस्ट्री एनलाइजर मेसिन (लिभर, किडनी र लिपिड प्रोफाइल परीक्षण गर्ने) तीन फेजको विद्युत् लाइन नहुँदा साढे दुई वर्षदेखि थन्किएको हो । हाल प्रयोगशालामा मात्र दुई फेजको लाइन जडान गरिएको छ । ‘मेसिन चलाउनका लागि २०० भन्दा माथिको भोल्टेज आवश्यक पर्छ,’ स्वास्थ्य चौकीका एक प्राविधिक भन्छन्, ‘तर, प्रयोगशालामा १३० भोल्ट विद्युत् मात्र प्रवाह हुन्छ । भोल्टेज नपुगेर प्रयोगशालाभित्रको एसीसमेत चलेको छैन ।’ अन्य मेसिनलाई ‘हिट’ हुन नदिन ४ वटा पंखा जडान गरिएको छ ।
२०७९ वैशाख १९ मा सञ्चालनमा आएको प्रयोगशालाका लागि प्रदेश जनस्वास्थ्य प्रयोगशालाले कर्मचारी, मेसिन र त्यसमा प्रयोग हुने केमिकल्स उपलब्ध गराएको थियो । तर, गाउँपालिका कार्यालयले आवश्यक विद्युतको आपूर्तिका लागि पहल नगरिदिँदा मेसिन प्रयोगविहीन बनेको हो । लंगडी निवासी लालबाबु बनियाले जनताको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको विषयमा समेत गाउँपालिका संवेदनशील नरहेको बताए । ‘विद्युत् आपूर्तिका लागि पटक–पटक निवेदन दिंदा पनि सरोकारवाला निकायले चासो दिएका छैनन्,’ बनियाले भने, ‘जनताले सास्ती खेपेका छन् ।’
स्वास्थ्य चौकी प्रमुख मन्नुकुमार पटेलले आवश्यक विद्युत् आपूर्तिका लागि गाउँपालिकामा मौखिक मात्र नभई लिखित रूपमै माग गरिएको बताए । ‘भोल्टेज नपुगेर मेसिन थन्किएको छ,’ पटेलले भने, ‘गाउँपालिकाले आश्वासन दिए पनि हालसम्म आवश्यक विद्युत् आपूर्तिको समस्या समाधान भएको छैन ।
गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सन्जय यादवले उक्त क्षेत्रमा तीन फेज लाइन जडान भएपछि समस्या समाधान हुने बताए । तीन फेज लाइन जडानका लागि ५ लाख रुपैयाँ छुट्याइएको उनले खुलाए । ‘गत आर्थिक वर्षमा पनि तीन फेज लाइनका लागि बजेट विनियोजन गरिएको थियो,’ स्वास्थ्य प्रमुख यादवले भने, ‘तर, जडान गर्न सकिएन । यसपालि फेरि ५ लाख रुपैयाँ छुट्याइएको छ, छठ पर्वपछि जडान हुन्छ ।
उक्त स्वास्थ्य चौकीमा बर्थिङ सेन्टरसमेत सञ्चालनमा रहेको छ । तर, मुख्य सडकबाट बर्थिङ सेन्टरसम्म गर्भवती र सुत्केरी महिला पैदल हिँडेर जानुपर्ने बाध्यता रहेको छ । जग्गाको विवादका कारण सहायक सडक निर्माण हुन नसक्दा सवारीसाधन अस्पतालसम्म पुग्दैनन् । ‘सुत्केरी महिला डिस्चार्ज हुँदा हिँडाउनु हुँदैन,’ एक स्वास्थ्यकर्मी भन्छन्, ‘तर, यहाँ सडक निर्माण नहुँदा सुत्केरी मेहिला हिँडेर मुख्य सडक पुगी सवारी साधनमा चढ्ने गरेका छन् ।’
बर्थिङ सेन्टरमा कर्मचारी नहुँदा सेवा लिने गर्भवती महिलाको संख्यासमेत घट्दो छ । विगतमा करिब एक सय जना गर्भवतीले बच्चा जन्माउँथे भने अहिले वार्षिक त्यो संख्या घटेर ४० मा पुगेको छ । बनियाका अनुसार यस क्षेत्रकै पुरानो स्वास्थ्य चौकीको अवस्था दिन प्रतिदिन खस्किँदो छ । प्राविधिक नहुँदा आधुनिक अल्ट्रासाउन्ड मेसिनसमेत थन्किएको छ । स्वास्थ्य चौकीबाट निःशुल्क ९८ थरी औषधि उपलब्ध हुनुपर्नेमा हाल २०/२२ थरी मात्रै उपलब्ध हुने गरेको स्थानीयले गुनासो गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको