LIVE 
पर्सा बारको ५१औं साधारण सभा सम्पन्न, पाँच बुँदे घोषणापत्र जारी | भारतको समर्थनभन्दा पहिले भूमि फिर्ता माग्नुपर्थ्यो" भन्दै आलोचना | भारतीय विश्वविद्यालयमा आत्महत्या: वीरगञ्जकी छात्रा मृत | अपहरणपछि फिरौती माग्ने चार जना पर्सा प्रहरीको फन्दामा | नेपाल–भारत सीमामा आवतजावत गर्दा सरकारी परिचयपत्र देखाउनुपर्ने | भौतिक पूर्वाधार मन्त्री यादवको नेतृत्वमा तीव्र विकास अभियान | सशस्त्र प्रहरीका डिएसपी लोकेन्द्र सुब्बाको दादागिरी, बिल वीजक भएको माछा बुझाए भन्सार | मन्त्री जयसवालद्वारा पर्साका चारवटै निर्वाचन क्षेत्रमा विकासका लहर, खेलकुददेखि सामाजिक कार्यसम्म | भीषण आगो निभाउन अध्यक्ष यादव आफैं मैदानमा | वीरगन्जको पञ्चमुखी हनुमान मन्दिरमा २१ औं साप्ताहिक सामूहिक हनुमान चालीसा पाठ सम्पन्न |

राजन कुमार बानिया । पर्सा २ कार्तिक पर्साको  पोखरिया लगायत  ग्रामिण क्षेत्रमा हरुमा  बढ्दै गईरहेका  लागू औषध दुव्र्यसनीका कारण कुलतमा फसेका युवा,युवती हरुलाई सही बाटो तर्फ उन्मुख गर्न  पर्साको दोस्रो सदरमुकाम  पोखरिया  नगरिालिका वडा नं ४  पोखरियामा  पोखरिया सुधार केन्द्रको उद्घाटन अाज एक कार्यक्रम का बिच  पोखरीया नगरपालिका का मेयर  प्रधुमन प्रसद चौहानले कार्यालयको फिता  काटेर  उद्घाटन गर्नु भएका छ।

उद्घाटन गर्दै मेयर चौहानले भन्नु भयो कि लागुअौषधको कुलतमा फसेर धेरै युवा हरु ले बिगर्ने गरेको ले युवा हरु नबिग्रोस भन्दै सुधार केन्द्रमा ल्यार कुलत बाट मुक्त गराउने उदेशका साथ धेरै प्रयास मा पोखरिया सुधार केन्द्र को स्थापना गरिएको बताए ।अाउने दिन मा लागुअौषध दुर्बेसनी  कुलत बाट मुक्त गराउने  सम्बन्धि  जनचेतना मुल्क कार्यक्रम चलाएर मुक्त गर्ने प्रतिबद्धता समेत गर्नु भएको थियो। राजिङ नेपाल संस्था को सहयोगमा  बिरगंज मा  सञ्चालन रहेको सुधार केन्द्र लाई नगर प्रमुख प्रधुमन प्रसाद चौहान को पहलमा  पहिलो चोटी  ग्रामिण भेगमा रहेको गाउँ हरु लाई समेटने गरि  पोखरिया सुधर  केन्द्र को अाज देखि संचालन मा  ल्याएको पोखरिया सुधार केन्द्र का संयोजक सुजित गिरीले जनाए का छन। लागुअौषध को  कुलतमा फसेका युवा ,युवती हरुलाई पहिचान गरी सुधारको सक्दो प्रयास गरिने  संस्थाको मुख्य उद्देश्य रहेको राजिङ नेपाल संस्थाको संस्थापक अध्यक्ष एवम्  पोखरिया सुधार केन्द्रको निर्देशक  मन्टु  गिरीले जनाए का छन।

पोखरिया सुधार केन्द स्थापना गर्नको लागि पोखरिया नगरपालिकाका नगर प्रमुख  चौहानले सराहनिय योगदान रहेको गिरीले बताउनु भयो । राजिंग पोखरिया सुधार केन्द्रको सञ्चालन पश्चात निकट भविष्यमा नगरपालिकाले सक्दो सहयोग गर्ने  र पोखरिया नगरपालिका लगायत आसपासका ग्रामिण क्षेत्रलाई लागू औषध मुक्त बनाउने नगरपालिकाले सक्दो स लागू औषध दुर्व्यसनीमा फसेका युवा,युवती हरुलाई  कम्तीमा नौ महिना सम्म  केन्द्रमा राखेर उपचार गरिने  पोखरिया सुधार केन्द्रले जनाएको छ। पोखरिया सुधार केन्द्र को उद्घाटन कार्यक्रम मा पोखरिया नगरपालिका वडा नं ४ का वडाअध्यक्ष लक्ष्मण साह कानु,वडाअध्यक्ष किसोरी साह, कार्यपालिका सदस्य रामबचन महतो, सुजित गिरी, फरमान अालम, पोखरिया अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट अनिल यादव,संतोष गिरी,  नगरपालिकाका  कर्मचारी,सशस्त्र प्रहरीका डिएसपी,ईलाका प्रहरीका बरिस्ठ साई, पत्रकार  र स्थानिय हरुको सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको