LIVE 
छिपहरमाई गाउँपालिकाका ३० कर्मचारीलाई कामकाज नगर्न निर्देशन, तीन दिनभित्र जिन्सी बुझाउन आदेश | छिपहरमाई गाउँपालिकाका ३० कर्मचारीलाई कामकाज नगर्न निर्देशन, तीन दिनभित्र जिन्सी बुझाउन आदेश | रास्वपाबाट वीरगन्ज मेयर र वडाध्यक्षको उम्मेदवार घोषणा गर्नेहरूलाई कारबाहीको चेतावनी | प्रचण्ड र माधव नेपाल असोज ११ गते वीरगञ्ज आउँदै | पर्सामा प्रहरीको ठूलो सफलता: पोखरिया इलाका प्रहरीद्वोरा ११४ किलो गाँजा बरामद | नारायणी अस्पतालका चिकित्सकको सामूहिक राजीनामा, सीडीओ र एसपीको राजीनामा माग | स्वास्थ्य सेवा अवरुद्ध नगर्न मन्त्रालयको अपिल | छिपहरमाईमा १४० किलो गाँजा बरामद, अनुसन्धान तीव्र | आन्दोलनको सफलता : भिस्वा छोटी भन्सारबाटै भारतीय सवारीको निःशुल्क प्रवेश पास | धोबिनी गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक |

बीरगन्ज । पर्सा प्रहरीले चोरीको पाँच वटा मोटरसाइकल सहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा पर्सागढी नगरपालिका वडा नम्बर ९ निवासी सिद्धार्थ चौधरी, वडा नम्बर ८ निवासी बिशाल दास थारु र वडा नम्बर २ निवासी पृतम कुमार महतो रहेका छन् ।

असोज २५ सखुवाप्रसौनी गाउँपालिका–१ सतोवल निवासी शिवदत्त दास थारुको ना ५१ प ७४३५ नम्बरको यामाहा एफजेड १५० सि.सिको मोटरसाइकल उनकै घरबाट चोरी भएको थियो ।

घटनापश्चात शिवदत्तले इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीमा दिएको उजुरीको आधारमा प्रहरीले मोटरसाइकलको खोजी सुरु गरेको जनाएको छ । सोही क्रममा पर्सागढी नगरपालिका वडा नम्बर ९ कोइलाभारस्थित सिद्धार्थले चलाइरहेको अवस्थामा उक्त मोटरसाइकल फेला पारेको प्रहरी नायब उपरीक्षक दीपक भारतीले बताए ।

प्रहरीले सिद्धार्थलाई पक्राउ गरी प्रारम्भिक सोधपुछ गर्दा उनले बिशाल र पृतमको नाम खुलाएकोले उनीहरुलाई समेत नियन्त्रणमा लिइएको जानकारी दिएको छ । उनीहरुको साथबाट थप चार वटा मोटरसाइकल समेत फेला पारेको प्रहरीको भनाइ छ ।

पक्राउ परेकाहरु माथि चोरी तथा डाँका सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनायो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको