LIVE 
आन्दोलनको सफलता : भिस्वा छोटी भन्सारबाटै भारतीय सवारीको निःशुल्क प्रवेश पास | धोबिनी गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक | भ्रष्टाचार मुद्दापछि वीरगञ्जका मेयर राजेशमान सिंह निलम्बित | पब्लिक फिटनेस सेन्टर वीरगंजको नवौँ स्थापना दिवसमा दोस्रो पुसअप प्रतियोगिता सम्पन्न | वीरगंजको नाकाबाट तस्करी, असुलीमा टाईगर टोलीका सिंह र यादव | मधेश प्रदेश सरकारको बजेट खर्च १९.४ प्रतिशतमा सीमित | पर्सा जिल्लामा मौलायो संगठित तस्करी, एसपी र डिएसपीको छुट्टाछुट्टै घुमुवा | सिमराको घुमुवा यादव आर्थिक तांडव मचाउँदै | पर्साको पोखरियाबाट ब्राउन सुगरसहित एक युवक पक्राउ | एमाले सचिवालय बैठकमा ओलीमाथि दबाब |

काठमाडौं २८


असोज संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले देश विकासका लागि सबै राजनीतिक दल एकजुट हुनुपर्ने बताएका छन्।

पर्साको पकाहामैनपुर गाउँपालिकामा आयोजित शुभकामना आदानप्रदान कार्यक्रम बोल्दै मन्त्री गुप्ताले आफ्नो पालिका र जिल्लाको विकासका लागि राजनीतिक आस्था भन्दा माथि उठेर सबै एकजुट हुनुपर्ने बताए । साथै उनले पर्सा जिल्ला कृषि योग्य रहेकोले यहाँकै जनप्रतिनिधि हिसाबले आफू र सिंगो सरकार गम्भीर रहेको बताए।

यो पालिकामा बढी कृषि योग्य भूमि भएकोले यहाँको लागि कोल्ड स्टोर सञ्चालनमा ल्याउन सुरुवात भएको बताउँदै मन्त्री गुप्ताले कोल्ड स्टोर संचालन भएसंगै खाद्य आपूर्ति मात्र नभई यस क्षेत्रको उत्पादनलाई बजारीकरण गर्नसमेत महत्त्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरे।

यसैगरी उनले पालिकाको धोबिया टोल हुँदै लहवारथकरी जोड्न सडक बनाउन टेन्डर आह्वान भइसकेको र काम चाँडै सम्पन्न भएमा यस क्षेत्रको व्यापार तथा समग्र विकासमा अभूतपूर्व उपलब्धि हासिल हुने भएकोले स्थानीय प्रशासन र राजनीतिक दलको सचेततापूर्वक योगदानका लागि आग्रह गरे।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको