LIVE 
छिपहरमाई गाउँपालिकाका ३० कर्मचारीलाई कामकाज नगर्न निर्देशन, तीन दिनभित्र जिन्सी बुझाउन आदेश | छिपहरमाई गाउँपालिकाका ३० कर्मचारीलाई कामकाज नगर्न निर्देशन, तीन दिनभित्र जिन्सी बुझाउन आदेश | रास्वपाबाट वीरगन्ज मेयर र वडाध्यक्षको उम्मेदवार घोषणा गर्नेहरूलाई कारबाहीको चेतावनी | प्रचण्ड र माधव नेपाल असोज ११ गते वीरगञ्ज आउँदै | पर्सामा प्रहरीको ठूलो सफलता: पोखरिया इलाका प्रहरीद्वोरा ११४ किलो गाँजा बरामद | नारायणी अस्पतालका चिकित्सकको सामूहिक राजीनामा, सीडीओ र एसपीको राजीनामा माग | स्वास्थ्य सेवा अवरुद्ध नगर्न मन्त्रालयको अपिल | छिपहरमाईमा १४० किलो गाँजा बरामद, अनुसन्धान तीव्र | आन्दोलनको सफलता : भिस्वा छोटी भन्सारबाटै भारतीय सवारीको निःशुल्क प्रवेश पास | धोबिनी गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक |

काठमाडौं २८


असोज संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले देश विकासका लागि सबै राजनीतिक दल एकजुट हुनुपर्ने बताएका छन्।

पर्साको पकाहामैनपुर गाउँपालिकामा आयोजित शुभकामना आदानप्रदान कार्यक्रम बोल्दै मन्त्री गुप्ताले आफ्नो पालिका र जिल्लाको विकासका लागि राजनीतिक आस्था भन्दा माथि उठेर सबै एकजुट हुनुपर्ने बताए । साथै उनले पर्सा जिल्ला कृषि योग्य रहेकोले यहाँकै जनप्रतिनिधि हिसाबले आफू र सिंगो सरकार गम्भीर रहेको बताए।

यो पालिकामा बढी कृषि योग्य भूमि भएकोले यहाँको लागि कोल्ड स्टोर सञ्चालनमा ल्याउन सुरुवात भएको बताउँदै मन्त्री गुप्ताले कोल्ड स्टोर संचालन भएसंगै खाद्य आपूर्ति मात्र नभई यस क्षेत्रको उत्पादनलाई बजारीकरण गर्नसमेत महत्त्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरे।

यसैगरी उनले पालिकाको धोबिया टोल हुँदै लहवारथकरी जोड्न सडक बनाउन टेन्डर आह्वान भइसकेको र काम चाँडै सम्पन्न भएमा यस क्षेत्रको व्यापार तथा समग्र विकासमा अभूतपूर्व उपलब्धि हासिल हुने भएकोले स्थानीय प्रशासन र राजनीतिक दलको सचेततापूर्वक योगदानका लागि आग्रह गरे।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको