LIVE 
पर्सामा प्रहरीको ठूलो सफलता: पोखरिया इलाका प्रहरीद्वोरा ११४ किलो गाँजा बरामद | नारायणी अस्पतालका चिकित्सकको सामूहिक राजीनामा, सीडीओ र एसपीको राजीनामा माग | स्वास्थ्य सेवा अवरुद्ध नगर्न मन्त्रालयको अपिल | छिपहरमाईमा १४० किलो गाँजा बरामद, अनुसन्धान तीव्र | आन्दोलनको सफलता : भिस्वा छोटी भन्सारबाटै भारतीय सवारीको निःशुल्क प्रवेश पास | धोबिनी गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक | भ्रष्टाचार मुद्दापछि वीरगञ्जका मेयर राजेशमान सिंह निलम्बित | पब्लिक फिटनेस सेन्टर वीरगंजको नवौँ स्थापना दिवसमा दोस्रो पुसअप प्रतियोगिता सम्पन्न | वीरगंजको नाकाबाट तस्करी, असुलीमा टाईगर टोलीका सिंह र यादव | मधेश प्रदेश सरकारको बजेट खर्च १९.४ प्रतिशतमा सीमित |

धिरज वर्णवाल ।

वीरगन्ज असोज १७। पर्सा जिल्लाको पकाँहामैनपुर गाउँपालिका वाडा नं.०१ धोरेमा घटस्थापनाको अवसरमा बिशाल कलश यात्रा र्याली निकालिएको छ।

नेपालीहरूको महान् पर्व वडा दशैँको पहिलो दिन आज घटस्थापनाका अवसरमा पकाँहा मैनपुर लगाएत सम्पूर्ण देशभरमा विशेष पूजापाठका कार्यक्रम आयोजना भइरहेका छन् ।

त्यस्तै पकाँहामैनपुर गाउँपालिका वाडा नं.०१ धोरे स्थित रहेको श्री राम जानकी दुर्गा मन्दिरको प्राङ्गणबाट हजारौंको संख्यामा,बाजागाजासहित निकालिएको कलश यात्रा वडा परिक्रमा गर्दै धोरेको सीमानाकामा रहेको धुताहा पुलको खोलामा जलभरेर मन्दिरमा स्थापित गरेका हुन्।

हिन्दु धर्मावलम्बीहरुको महान चाड पर्व वडा दशैंको उपलक्षयमा तराइ मधेसका बिभिन्न ठाँउहरुमा बनाइएका दुर्गा भवानीको प्रतिमालाई नेत्र प्रदान गर्न कलश यात्रा निकालिने गरिन्छ ।

यो पर्वमा प्रतिमाको रुपमा काली,दुर्गा लगायत सात सहेली र एक भाइ गणेश मानेर पुजा अर्चना गर्ने परम्परा रहेको छ ।

पुजाको छैटौं दिन अर्थात षष्टिको दिन बेलनौती हुन जाने र सप्तमीका दिन बेलतोरी भएर आउने तथा अष्टमीदेखि दशमीसम्म नाचगान तथा मेला लाग्ने भएको हुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको