
धिरज वर्णवाल ।
वीरगन्ज असोज १७। पर्सा जिल्लाको पकाँहामैनपुर गाउँपालिका वाडा नं.०१ धोरेमा घटस्थापनाको अवसरमा बिशाल कलश यात्रा र्याली निकालिएको छ।
नेपालीहरूको महान् पर्व वडा दशैँको पहिलो दिन आज घटस्थापनाका अवसरमा पकाँहा मैनपुर लगाएत सम्पूर्ण देशभरमा विशेष पूजापाठका कार्यक्रम आयोजना भइरहेका छन् ।
त्यस्तै पकाँहामैनपुर गाउँपालिका वाडा नं.०१ धोरे स्थित रहेको श्री राम जानकी दुर्गा मन्दिरको प्राङ्गणबाट हजारौंको संख्यामा,बाजागाजासहित निकालिएको कलश यात्रा वडा परिक्रमा गर्दै धोरेको सीमानाकामा रहेको धुताहा पुलको खोलामा जलभरेर मन्दिरमा स्थापित गरेका हुन्।
हिन्दु धर्मावलम्बीहरुको महान चाड पर्व वडा दशैंको उपलक्षयमा तराइ मधेसका बिभिन्न ठाँउहरुमा बनाइएका दुर्गा भवानीको प्रतिमालाई नेत्र प्रदान गर्न कलश यात्रा निकालिने गरिन्छ ।
यो पर्वमा प्रतिमाको रुपमा काली,दुर्गा लगायत सात सहेली र एक भाइ गणेश मानेर पुजा अर्चना गर्ने परम्परा रहेको छ ।
पुजाको छैटौं दिन अर्थात षष्टिको दिन बेलनौती हुन जाने र सप्तमीका दिन बेलतोरी भएर आउने तथा अष्टमीदेखि दशमीसम्म नाचगान तथा मेला लाग्ने भएको हुन्छ।