LIVE 
पौने ८३ लाखको सोलार खरिदमा भ्रष्टाचार, उपभोक्ता समितिको नाममा ९ लाख रुपैयाँ घोटाला | पर्साको भिस्वा नाकाबाट मौलायो हड्डी, कबाड तस्करी, इंस्पेक्टर मगर नै तस्करको मतियार | प्रधानमन्त्रीको अभिव्यक्तिप्रति मुस्लिम समाज पर्साको कडा आपत्ति | प्रधानमन्त्रीको अभिव्यक्तिप्रति युवा नेता साहरुख मंसुरीको कडा आपत्ति | जेन्जी मुभमेन्ट नेपालले भन्यो सुशीला कार्की नेतृत्वको सरकारको वैधता समाप्त | सवारी साधन चेकजाँचको बहानामा अवैध रकम असुल्दै ट्राफिक प्रहरी | परवानीपुरमा ७३ लाखको कार्यक्रममा भ्रष्टाचारः ४० प्रतिशत रकम कर्मचारीको गोजीमा, ६० प्रतिशतमा छैन् उपल्रब्धी | प्रमुख जिल्ला अधिकारीद्वारा जिल्लामा कर्फ्यू तथा निषेधाज्ञा जारी, भेला–जुलुस पूर्ण प्रतिबन्ध | जेनजी नेपालले अन्तरिम सरकारको नेतृत्वमा कुलमान घिसिङलाई अगाडि सार्ने निर्णय गर्‍यो | ललितपुरस्थित गंगा दाहालको घरमा आगजनी, एक जनाको शव फेला |
  1. राजन कुमार बानिया
    पर्सा २७ भादौ
    पर्सामा जनप्रतिनिधि हरुको भागभन्डा र अापसी बिबादका कारण छव वटा नगरपालिका र गाउँपालिकामा नगर सभा र गाउँ सभा हुन् नसकेको कारण नगरपालिका र गाउँपालिकाको काम थप हुदा जनता हरु सेवा बाट बन्चित र सरकारी बिधालय हरुमा पढने हजारौ बिधार्थी हर दिवा खाजा बाट बन्चित भएका छन। नगर सभा हुन नसकेको बहुदरमाई नगरपालिका र धोबिनी ,कालिकामाई जिराभवानी ,बिन्दबासनी, र पकहामैनपुर गाउँपालिका अहिले सम्म गाउँ सभा नहुदा नगरपालिका र गाउँपालिका बाट मिलने सेवा सुबिधा बाट स्थानिय जनता हरु बंचित भएका छन। नेपाल सरकारको नियम अनुसार असाढ १० गते भित्र नगर सभा र गाउँ सभा हुनु पर्नेमा तेस्रो महिना बितन लाग्यो तर अहिले सम्म जनप्रतिनिधि नगरप्रमुख, उपप्रमुख,गाउँपालिका अध्यक्ष ,उपाध्यक्ष ,बडाअध्यक्ष, कार्यपालिका सदस्य र गाउँपालिका सदस्य हरुले करोडौ करोडको भागभन्डाको कारण अापसी सहमती नमिलेको कारण नगर सभा ,र गाउँ सभा हुन नसकेको जनप्रतिनिधि हरुले जनाएका छन। नगरपालिका र गाउँपालिका प्रमुखहरु ५ देखि ६ करोड र उपप्रमुख हरुलाई ३ देखि ४ करोड र वडाअध्यक्ष १ करोड देखि डेढ करोर र कार्यापालिका र सदस्य हरुलाई १० लाख देखि ३० लाख सम्म बजेट मांग रहेपनी बजेटमा अापसी भागभन्डा नमिलेको कारण सभा हुन नसकेकोले सबै निकायहरु समस्या देखिएको एक जना जनप्रतिनिधिले जानकारी गराएका छन। नगरप्रमुख , अध्यक्ष, उपाध्यक्ष ,वडाअध्यक्ष करोडौको भागभन्डा , चलखेलका कारण नगर सभा र गाउँ सभा गराउन स्थानिय हरुले जिल्ला प्रसाशन कार्यालय पर्सा र समबन्धित नगरपालिकामा र गाउँपालिका हरुमा दबाव स्वरुप लिखित ज्ञापनपत्र बोझाउदा पनी अहिले सम्म नगरसभा र गाउँ सभा हुन नसकेको कारण कार्यालय बाट जनता हरुको काम काज र सरकारी बिधालयहरुमा चलने दिवा खाजा बाट पनी बन्चित भएका छन।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको