LIVE 
ओडिसामा नेपाली विद्यार्थीमाथि दुर्व्यवहार: पाँचजना पक्राउ | भारतमा नेपाली छात्रा मृत्यु प्रकरण : होस्टल फर्किन नेपाली विद्यार्थीले राखे ८ बुँदे शर्त | भारतमा नेपाली छात्रा मृत्यु प्रकरण : होस्टल फर्किन नेपाली विद्यार्थीले राखे ८ बुँदे शर्त | सखुवा प्रसौनीमा ३० औं महान जनयुद्ध दिवसको अवसरमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न | सखुवा प्रसौनी–२ रामभौरीमा शिव–पार्वती मन्दिर प्राण प्रतिष्ठान तथा साप्ताहिक भागवत ज्ञानको जलयात्रा | बहुदरमाई नगरपालिकामा युवा नेतृत्वको माग, युवा नेता चन्दन यादव लोकप्रिय बन्दै - Pradesh TV | एच.पि.भी.खोप अभियानमा सहयोग गरिदिन नगर उपप्रमुख रुबी ठाकुरको अाग्रह। | द ह्युमन लभ च्यारिटी/फण्ड’ द्वारा निःशुल्क एसईई कक्षा सञ्चालन | प्रेस सेन्टर नेपालको २१औँ स्थापना दिवसको अवसरमा वीरगञ्जमा प्रभातफेरी र रक्तदान कार्यक्रम सम्पन्न | |

वीरगंज । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले वीरगंजबाट प्रकाशित हुने मध्य नेपाल सन्देश पत्रिकालाई आज सम्मान गरेको छ ।

मानव बेचविखन तथा ओसारपसार विरुद्धको अठारौं राष्ट्रिय दिवसको अवसरमा मन्त्रालयले काठमाडौंमा आयोजना गरेको एक समारोहका बिच पत्रिकालाई सम्मान गरेको हो ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर साह सूडीले पत्रिकाका सम्पादक कविता खड्कालाई दोसल्ला अ‍ेढाएर सम्मान पत्र प्रदान गरेका हुन् ।

मानव बेचबिखन तथा ओसारपसार रोकथाम र नियन्त्रणको क्षेत्रमा लेख, रचना तथा अन्य समाचार सामाग्री प्रकाशन गरि महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै मध्य नेपाल सन्देश पत्रिकालाई सम्मान पत्र प्रदान गरिएको सम्मान पत्रमा उल्लेख छ ।

मधेश प्रदेशमा महिलाहरुको समुहले संचालन गरेको मध्य नेपाल सन्देश पत्रिका मन्त्रालयबाट सम्मानित भएकोमा मन्त्री सूडीले शुभकामना दिदै आगामी दिनमा पनि सकृय योगदानको अपेक्षा औल्याउँदै पत्रिकाको उत्तरोतर प्रगतिको कामना गरे ।

मध्य नेपाल पत्रिका मन्त्रालयबाट सम्मानित हुँदा सम्पादक कविता खड्काले खुसी व्यक्त गर्दै यसमा कर्मचारी समुहको ठुलो योगदान रहेको बताईन् ।

मध्य नेपाल टिमसँग आवद्ध रहेका ईमान्दार र पत्रकारितालाई बुझ्ने पत्रकारकै कारण पत्रिकाले यस सम्मान हासिल गर्न सफल भएको सम्पादक कविता खड्काले बताईन् ।

उनले पत्रिकासँग आवद्ध पत्रकार, कर्मचारी, विज्ञापनदाता, पाठकवर्ग, शुभचिन्तक तथा शुवेच्छुकहरुलाई धन्यावाद ज्ञापन गरिन् ।

वीरगंजबाट प्रकाशित हुने मध्य नेपाल पत्रिका मन्त्रालयबाट सम्मान पाउँदा नेपाल पत्रकार महासंघ पर्साको पनि गौरवको विषय भएको अध्यक्ष अनुप तिवारीको भनाई छ ।

नका अनुसार आर्थिकमन्दी र वीरगंजका पत्रिकारितामा देखिएका विकृतिसँग लड्दै महिलाका समुहले मध्य नेपाल पत्रिकालाई यहाँसम्म पु¥याउनु प्रशंसायोग्य रहेको बताए । उनले भने “यस पत्रिकाका टिमसँग अन्य पत्रिका तथा पत्रकारले पनि पाठ सिक्न आवश्यक छ । वीरगंजका पत्रिकारितामा धेरै विकृति छ, पत्रकार पनि धेरै देखिन्छन् तर ढङ्गका समाचार र भुई मान्छेका आवाज लेखिदिने कमै देखिन्छन् ।”

वीरगंजका पत्रकारितामा भाषाको शुद्धता र समाचार सम्पादनको कमिलाई दृष्टिगत गरि नेपाल पत्रकार महासंघ पर्सा शाखाले ३ वर्षमा ७ वटा पत्रकारिता तालिमको आयोजना गरेको अध्यक्ष अनुप तिवारीले बताए ।

तिवारीले पर्साको शाखाको कार्यभार सम्भाले देखि नै वीरगंजका पत्रकारितामा रहेका विकृति, बेथिति एवमं विसंगतिलाई सुधारका निम्ति धेरै प्रयास प्रयासका अनुभव सुनाउँदै आफ्नै कार्यकालमा पर्सेली पत्रकारहरुलाई ७ वटा क्षमता अभिवृद्धि तालिका दिइएको बताए ।

प्राविधिक विकासगै अबको पत्रकारिता थप चुनौती बन्दै गएको स्मरण गराउँदै अध्यक्ष तिवारीले भने अब प्रविधिको सदुपयोग सँगै पत्रिकारिता गर्न आवश्यक देखिन्छ । विभिन्न समाजिक संजालका कारण पत्रिकारितालाई चुनौती थपिए पनि लेख्ने पत्रकारलाई सम्मान छ भन्ने मध्य नेपाल सन्देश पत्रिकाले पुष्टी गरेको उनको तर्क ।

अध्यक्ष तिवारीले मध्य नेपाल टिमलाई धन्यावाद सँगै आगामी पाईलाको शुभकामना समेत दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको