LIVE 
आन्दोलनको सफलता : भिस्वा छोटी भन्सारबाटै भारतीय सवारीको निःशुल्क प्रवेश पास | धोबिनी गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक | भ्रष्टाचार मुद्दापछि वीरगञ्जका मेयर राजेशमान सिंह निलम्बित | पब्लिक फिटनेस सेन्टर वीरगंजको नवौँ स्थापना दिवसमा दोस्रो पुसअप प्रतियोगिता सम्पन्न | वीरगंजको नाकाबाट तस्करी, असुलीमा टाईगर टोलीका सिंह र यादव | मधेश प्रदेश सरकारको बजेट खर्च १९.४ प्रतिशतमा सीमित | पर्सा जिल्लामा मौलायो संगठित तस्करी, एसपी र डिएसपीको छुट्टाछुट्टै घुमुवा | सिमराको घुमुवा यादव आर्थिक तांडव मचाउँदै | पर्साको पोखरियाबाट ब्राउन सुगरसहित एक युवक पक्राउ | एमाले सचिवालय बैठकमा ओलीमाथि दबाब |

बारा । कलैया उपमहानगरपालिका–१६ स्थित उत्तर झिटकैयामा भएको मोटरसाइकल दुर्घटनामा परेर एक युवकको ज्यान गएको छ ।

 

मृतक २४ वर्षीय सन्दीपकुमार यादव, जो कलैया उपमहानगरपालिका–११ का स्थायी बासिन्दा थिए, आफैँले चलाइरहेको लु ९५ प ६३५४ नम्बरको मोटरसाइकल बिहीबार राति अनियन्त्रित भई पल्टिँदा गम्भीर घाइते भएका थिए ।

 

प्रहरीका अनुसार दुर्घटनापछि उनलाई तत्कालै स्थानीय अस्पताल पुर्‍याइएको थियो, जहाँ उपचारका क्रममा मृत्यु भएको पुष्टि भयो ।

 

बारा प्रहरी प्रवक्ता डिएसपी प्रकाश सापकोटाका अनुसार यादवका आफन्तले घटनास्थलमै मृतकको पहिचान गरेका थिए । यस घटनामा प्रहरीले थप अनुसन्धान जारी राखेको जानकारी प्राप्त भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको