LIVE 
पर्सा बारको ५१औं साधारण सभा सम्पन्न, पाँच बुँदे घोषणापत्र जारी | भारतको समर्थनभन्दा पहिले भूमि फिर्ता माग्नुपर्थ्यो" भन्दै आलोचना | भारतीय विश्वविद्यालयमा आत्महत्या: वीरगञ्जकी छात्रा मृत | अपहरणपछि फिरौती माग्ने चार जना पर्सा प्रहरीको फन्दामा | नेपाल–भारत सीमामा आवतजावत गर्दा सरकारी परिचयपत्र देखाउनुपर्ने | भौतिक पूर्वाधार मन्त्री यादवको नेतृत्वमा तीव्र विकास अभियान | सशस्त्र प्रहरीका डिएसपी लोकेन्द्र सुब्बाको दादागिरी, बिल वीजक भएको माछा बुझाए भन्सार | मन्त्री जयसवालद्वारा पर्साका चारवटै निर्वाचन क्षेत्रमा विकासका लहर, खेलकुददेखि सामाजिक कार्यसम्म | भीषण आगो निभाउन अध्यक्ष यादव आफैं मैदानमा | वीरगन्जको पञ्चमुखी हनुमान मन्दिरमा २१ औं साप्ताहिक सामूहिक हनुमान चालीसा पाठ सम्पन्न |

बिरगंज १ भदौ । निलकण्ठ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा. लि. को सहयोगमा तथा बिरगंज महानगरपालिका वार्ड नम्बर १३ कार्यालयको आयोजनामा एक दिवसीय नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। शिविरमा १ सय ५७ जना बिरामीहरूले स्वास्थ्य सेवा लिएका छन्।
स्वास्थ्य शिविरमा विभिन्न विशेषज्ञ चिकित्सकहरूको उपस्थितिमा सेवा प्रदान गरियो। डा. अच्यूतानन्द लाल कर्ण (बरिष्ठ फिजिसियन, मुटु, हार्ट, चिनी, मधुमेह, थाइराइड, किडनी रोग विशेषज्ञ), डा. प्रशान्त साह (बरिष्ठ फिजिसियन), डा. अरबिन्द (कु) साह (हार्ड जोर्ने तथा नशा रोग विशेषज्ञ, सर्जन), डा. नविन झा (बरिष्ठ नवजात शिशु तथा बाल रोग विशेषज्ञ), र डा. तेजनाथ तिवारी (सेनियर मेडिकल अफिसर) ले बिरामीहरूको स्वास्थ्य जाँच गरी सेवा प्रदान गरे।
शिविरमा नाक, कान तथा घाटी रोग विशेषज्ञ डा. अशोक कुमार गुप्ताको पनि महत्वपूर्ण भूमिका रहेको थियो। कार्यक्रममा एम.डी. कुनाल महतो, हस्पिटल प्रमुख सदाम हुसेन, मार्केटिङ अफिसर बुलेट तिवारी, वडा अध्यक्ष हिरालाल गिरी, सदस्य कमरुदिन अन्सारी, महिला सदस्य जुबैदा खातुन, वडा सचिव रामचन्द्र पटवारी, कम्प्युटर अपरेटर रचना अधिकारी, ल्याब टेक्निसियन अनिल कुमार, गगा प्रसाद चौधरी, हेल्थ असिस्टेन्ट बिनय साह, र स्टाफ नर्स लक्ष्मी बि.क कार्यालय सहयोगी हरिनारायण महतो लगायतका कर्मचारीहरूको उपस्थिति रहेको थियो। साथै, स्थानीय बुद्धिजीवी र अगुवाहरूको पनि सक्रिय सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको