LIVE 
नारायणी अस्पतालका चिकित्सकको सामूहिक राजीनामा, सीडीओ र एसपीको राजीनामा माग | स्वास्थ्य सेवा अवरुद्ध नगर्न मन्त्रालयको अपिल | छिपहरमाईमा १४० किलो गाँजा बरामद, अनुसन्धान तीव्र | आन्दोलनको सफलता : भिस्वा छोटी भन्सारबाटै भारतीय सवारीको निःशुल्क प्रवेश पास | धोबिनी गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक | भ्रष्टाचार मुद्दापछि वीरगञ्जका मेयर राजेशमान सिंह निलम्बित | पब्लिक फिटनेस सेन्टर वीरगंजको नवौँ स्थापना दिवसमा दोस्रो पुसअप प्रतियोगिता सम्पन्न | वीरगंजको नाकाबाट तस्करी, असुलीमा टाईगर टोलीका सिंह र यादव | मधेश प्रदेश सरकारको बजेट खर्च १९.४ प्रतिशतमा सीमित | पर्सा जिल्लामा मौलायो संगठित तस्करी, एसपी र डिएसपीको छुट्टाछुट्टै घुमुवा |

पर्सा २८ साउन । पर्साको धोबिनी गाउँपालिका वडा नं २ भिखमपुर गाउँ नजिक दर्शनार्थी बोकेको ट्रेकटर नहरमा पल्टदा ट्रेक्टर चालकको घटना स्थलमा मृत्युु भएको छ। ट्रेक्टर मा सवार अाधा दर्जन भन्दा बढि दर्शनार्थीहरु समान्य घाईते भएका छन।
पटेर्वासुगौली गाउँपालिकाको सोनवर्षा रामभौरी भाथा दुधेश्वरनाथ बाबाको दर्शन गरी मेला हेरी फर्की रहेको अवस्थामा जानकी टोला देखि हरिहरपुर जाने नहर बाटोमा ट्रेक्टर पल्दा चालकको घटना स्थलमा मृत्यु भएको छ।

प्रत्क्षदर्शीहरु का अनुसार दर्शनार्थी बोकेको ट्रेकटर तेज गतिमा रहेको कारण नहर बाटोमा बालबालिका र बाख्रा बचाउन ट्रेकटर अनियन्त्रित भई नहरमा पल्टिंदा चालकको घटना स्थलमा मृत्युु भएको छ।

घटनाको सुचना पाउने बितिकै घटना स्थलमा ईलाका प्रहरी कार्यालय जानकी टोला र ईलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरिक्षक राजन ढकालको नेतृत्वमा रहेको टोली पुगि नहरको पानीमा ट्रेकटरमा दबिएको चालकको शव जेसिबी बाट ट्रेकटर ताने मृतकका शव निकालिएको प्रहरीले जनाएका छन।

मृतकको पहिचान पर्सा जिल्लाको छिपहरमाई गाउँपालिका वडा नं २ टिहुकी गाउँ निवासी ५० वर्षीय प्रेम मुखिया बिन रहेको इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक राजन ढकालले जनाएका छन। भाथा बाबाको मेला हेरी टिहुकी घर तरफ फर्की रहेको ट्रेक्टर प्रदेश २–०३–००१ त ५३३९ नम्बरको ट्रेक्टर पल्टेको प्रहरीले जनाए का छन।

प्रहरीले मृतकका शव नहरको पानी बाट निकालेर एम्बुलेन्समा लोड गरि पोर्टमार्टमको लागी नारायणी अस्पताल पठाएको छ। ट्रेक्टरमा २२ जना सवार रहेको थियो।त्यसमध्य अाधा दर्जन भन्दा बढि दर्शनार्थीहरु समान्य घाईते भएको थियो

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको