LIVE 
वीरगंजबाट प्रकाशित हुने मध्य नेपाल सन्देश पत्रिकालाई आज मन्त्रालय बाट सम्मानित गरिएको छ। | अलौ नाकामा तस्कारी लाई नियन्त्रण गर्दै चार महिना नबितदा चालिस लाख भन्दा बढी को तस्करीको समान पक्राउ | मोटरसाइकल दुर्घटनामा कलैयाका एक जना २४ वर्षिय युवकको मृत्यु | वीरगंज संजालको छैठौं वर्षगाँठमा सफलताको कथा | पकहामैनपुर गाउँपालिकामा सरकारी सेवा लिन आउने सेवा ग्राही अहिले मर्कामा परेका छन । | आज भदाै १० सोमबार श्री कृष्णा जन्माष्टमी पर्व मनाइदै - Pradesh TV | पर्सा को सखुवा प्रसौनी २ नं वडा कार्यलय अगाडि वाटर फाउंटेन संचालन , अझै गाउँ गाउँमा लगाउने त्यारी : अध्यक्ष यादव | बिरगंजमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न। | भाटा बाबाको दर्शन गरेर फर्किने क्रममा जानकी टोला नजिकैको नहरमा ट्याक्टर खस्दा चालकको मृत्यु | उपकार सेवा नेपालद्वारा बाल गृहलाई खेलकुद सामग्री वितरण |

बिरगंज ८ पर्सा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले निजामती संघीय कर्मचारी ऐन २ महिना भित्र पारित हुने बताउनु भएको छ ।
नेकपा एमाले जिल्ला कमिटी पर्साद्वारा आयोजित शुभकामना तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गुप्ताले ८ वर्षदेखि विवादित हुँदै आएको संघीय निजामती कर्मचारी ऐन अबको २ महिना भित्र पारित गरिने बताउनु भएको छ ।
साथै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट हुने सरुवालाई नियंत्रित गरी एक कार्यालयमा १ वर्षसम्म कामकाज गर्न ऐन पनि बनाइने बताउनु भएको छ ।
कार्यक्रममा शिक्षा तथा समाज कल्याण मंत्री प्रमोद जैसवाल , प्रदेश सभा सदस्य बिना शर्मा , जिल्ला कमिटी अध्यक्ष विशम्बर शर्मा , उपाध्यक्ष एवं छिपहरमाई गाउँपालिका अध्यक्ष मनोज गुप्ता लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रम सञ्चालन जिल्ला कमिटी सचिव महेश दासले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको