LIVE 
छिपहरमाई गाउँपालिकाका ३० कर्मचारीलाई कामकाज नगर्न निर्देशन, तीन दिनभित्र जिन्सी बुझाउन आदेश | छिपहरमाई गाउँपालिकाका ३० कर्मचारीलाई कामकाज नगर्न निर्देशन, तीन दिनभित्र जिन्सी बुझाउन आदेश | रास्वपाबाट वीरगन्ज मेयर र वडाध्यक्षको उम्मेदवार घोषणा गर्नेहरूलाई कारबाहीको चेतावनी | प्रचण्ड र माधव नेपाल असोज ११ गते वीरगञ्ज आउँदै | पर्सामा प्रहरीको ठूलो सफलता: पोखरिया इलाका प्रहरीद्वोरा ११४ किलो गाँजा बरामद | नारायणी अस्पतालका चिकित्सकको सामूहिक राजीनामा, सीडीओ र एसपीको राजीनामा माग | स्वास्थ्य सेवा अवरुद्ध नगर्न मन्त्रालयको अपिल | छिपहरमाईमा १४० किलो गाँजा बरामद, अनुसन्धान तीव्र | आन्दोलनको सफलता : भिस्वा छोटी भन्सारबाटै भारतीय सवारीको निःशुल्क प्रवेश पास | धोबिनी गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक |

२८ असार, वीरगञ्ज । बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ६ की मिष्टि यादव पर्साको सखुवा प्रसौनी गाउँपालिकाको अस्पतालमा रेडियो ग्राफरको रुपमा करारमा कार्यरत रहेकी थिईन् ।

उनी जापान जाने तरखरमा थिईन् । उनको पारिवारिक श्रोतका अनुसार जापानको सैनिक अस्पतालमा आवेदन दिएकी उनी सोही परीक्षा दिनका लागि वीरगन्जबाट काठमाडौं जाने एञ्जल डिलक्स प्रालिको बसमा गएराति सवार थिईन् । तर, उनको जापान पुग्ने सपना काठमाडौं पनि नपुगी बीच बाटो मै तुहियो ।

शुक्रबार बिहानै मिमिरे बिहानी नहुदै नारायणढ–मुग्लिन सडकखण्डको पहिरोले बगाएको बससँगै उनी सहित २१ जना यात्रु त्रिशुलीमा बेपत्ता भएका छन् । जापान जान परीक्षा दिन हिडेकी मिष्टिको जीवन त्रिशुलीको धमिलो पानीमा मिसिएको छ ।

बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ६ का जगदीश यादव छोरी मिष्टिलाई पढाउन, लेखाउन र भविष्य बनाउनका लागि जीतपुर सिमरा स्थित निजी किटनासक औषधिको बजार व्यावस्थापकको रुपमा काम गर्छन् । छोरीलाई जापान पठाएर परिवारमा खुशी साट्न चाहेका जगदीशको चाहनापनि दैवले खोसेर लगेको छ ।

सिमलतालमा भएको दुखद दुर्घटनाले अहिले सिंगो देश शोकमा डुबेको छ । देशभर मनसुनसँगै परेको अविरल बर्षा र त्यसपछि गएको बाढी पहिरो र डुबानले कयौले ज्यान गुमाउनु परेको छ । परिवार आफन्त नातेदारहरु गुमाउन परेको छ । अहिले बेपत्ता परिवारहरु निकै चिन्तित बनेका छन् ।

खोजी र उद्दारमा खटिएकाहरुले पनि प्रयास मात्रै जारी राखेका अहिलेसम्म केही सफलता हात पार्न नसकेको खबरहरु आईरहेका छन् । कलैया ६ का जगदीश छोरीको अवस्था बुझ्न बिहानै घटनास्थलतर्फ गएको उनका नजिकका साथीहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको