LIVE 
नारायणी अस्पतालका चिकित्सकको सामूहिक राजीनामा, सीडीओ र एसपीको राजीनामा माग | स्वास्थ्य सेवा अवरुद्ध नगर्न मन्त्रालयको अपिल | छिपहरमाईमा १४० किलो गाँजा बरामद, अनुसन्धान तीव्र | आन्दोलनको सफलता : भिस्वा छोटी भन्सारबाटै भारतीय सवारीको निःशुल्क प्रवेश पास | धोबिनी गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक | भ्रष्टाचार मुद्दापछि वीरगञ्जका मेयर राजेशमान सिंह निलम्बित | पब्लिक फिटनेस सेन्टर वीरगंजको नवौँ स्थापना दिवसमा दोस्रो पुसअप प्रतियोगिता सम्पन्न | वीरगंजको नाकाबाट तस्करी, असुलीमा टाईगर टोलीका सिंह र यादव | मधेश प्रदेश सरकारको बजेट खर्च १९.४ प्रतिशतमा सीमित | पर्सा जिल्लामा मौलायो संगठित तस्करी, एसपी र डिएसपीको छुट्टाछुट्टै घुमुवा |

राजन कुमार बानिया पर्सा १० असार । पर्साको पोखरिया नगरपालिकाको आर्थिक वर्ष ०८१/८२ को अाठौ नगरसभाले ४७ करोड १२ लाख ९३ हजार बराबरको अनुमानित बजेट प्रस्तुकरण गरेको छ । पोखरियामा रहेको शिवमंदिरको सभा हलमा आज भएको अाठौ नगरसभामा नीति तथा कार्यक्रममा अार्थिक वर्ष २०८१/८२ को लागी ४७ करोड १२ लाख,९३ हजारको बजेट वडाअध्यक्ष लक्ष्मण साह कानुले सार्वजनिक गर्नु भएको थियो।नगरसभाको उद्घाटन पोखरिया नगरपालिकाको नगरप्रमुख प्रधुमन चौहानले उद्वघाटन गर्नु भएको थियो । नगर् प्रमुख चौहानको अध्यक्ष्ातामा भएकोको अाठौ नगरसभा तथा नीति तथा कार्यक्रममा भने पोखरिया नगरपालिकाको बिकासको लागि अाफु लागिपरेको छु। पोखरियाको बिकास पाच वर्षिय योजनामा राखेर पुरा गर्ने प्रतिबद्धता गरेका छन। योजनामा रहेको निर्माण लगायतको काम आफूले सके अनुसार बाकी छोडेको छैन।
उनले राजनितिकर्मी, जनप्रतिनिधि र कर्मचारीहरु वीच समन्वय गरि अगाडि बडेकोले अहिले हामीहरु धेरै नै बिकास निर्माण लगायतको काम अगाडि बढाएको बताए। यसपाली करिब २६ प्रतिशत बजेट अाएको छैन। जिल्लाकै दोस्रो सदरमुकामको रूपमा रहेको पोखरियाको समग्र विकासको लागि पार्टी प्रतिनिधिहरु लाई एकजुट भई अगाडि बढ्न उनले आग्रह गर्दै अाफु पनी सहकार्य र सहयोग लिएर अगाडी बढनमा जोड दिनु भएको छ।
नगर सभा कार्यक्रम बाट स्वास्थ्य , शिक्षा, कृषि , पशु , पर्यटन, भौतिक पुर्वधार सिचाई, विकासमा , महिला बालबालिका उत्थान ,खेलकुद,जेष्ठ नागरिक सम्मान लगायतको योजनाहरुको प्राथमिकतामा विशेष जोड दिनु भएको छ।
नगरसभा कार्यक्रममा प्रमुख प्रसाशकिय अधिकृत अजय श्रीबास्तवले भने नगरपालिकाको विकासमा सबै जनप्रतिनिधि र कर्मचारी हरुले मिलेर अगाडि बढन आग्रह समेत गरे। नगरसभा कार्यक्रममा वडाध्यक्ष प्रमोद गिरी, केदार प्रसाद,महेन्द्र महतो, लक्षमण साह कानु, शियानन्द चौहान, प्रमान्नद पटेल,नौसाद अालम,सोनालाल साह,किसोरी साह, नेपाल पत्रकार महासंघ पर्साको सभापति अनुप तिवारी,राजनितिकर्मी नेजामुदिन समानी,रामेश्वर रौनियार,राजु साह लगायतले नगरसभाको सफलताको शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो। कार्यक्रममा कार्यपालिका सदस्य ,नगरपालिका सदस्य कर्मचारी लेखापाल मनदिप महतो, अधिकृत बिजय झा, स्वास्थ्य संयोजक कौसलेन्द्र झा, आईटी अफिसर अरबिन्द दुबेदी, संदिप साह, समाजिक शाखा प्रमुख वाल्मीकि साह, कर्मचारीहरु, पत्रकार, सुरक्षाकर्मी लगायतको सहभागिता रहेको थियो । कार्यक्रम सञ्चालन समाजिका शाखा सहाक प्रमुख नरेन्द्र साहले संचालन गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको