LIVE 
पौने ८३ लाखको सोलार खरिदमा भ्रष्टाचार, उपभोक्ता समितिको नाममा ९ लाख रुपैयाँ घोटाला | पर्साको भिस्वा नाकाबाट मौलायो हड्डी, कबाड तस्करी, इंस्पेक्टर मगर नै तस्करको मतियार | प्रधानमन्त्रीको अभिव्यक्तिप्रति मुस्लिम समाज पर्साको कडा आपत्ति | प्रधानमन्त्रीको अभिव्यक्तिप्रति युवा नेता साहरुख मंसुरीको कडा आपत्ति | जेन्जी मुभमेन्ट नेपालले भन्यो सुशीला कार्की नेतृत्वको सरकारको वैधता समाप्त | सवारी साधन चेकजाँचको बहानामा अवैध रकम असुल्दै ट्राफिक प्रहरी | परवानीपुरमा ७३ लाखको कार्यक्रममा भ्रष्टाचारः ४० प्रतिशत रकम कर्मचारीको गोजीमा, ६० प्रतिशतमा छैन् उपल्रब्धी | प्रमुख जिल्ला अधिकारीद्वारा जिल्लामा कर्फ्यू तथा निषेधाज्ञा जारी, भेला–जुलुस पूर्ण प्रतिबन्ध | जेनजी नेपालले अन्तरिम सरकारको नेतृत्वमा कुलमान घिसिङलाई अगाडि सार्ने निर्णय गर्‍यो | ललितपुरस्थित गंगा दाहालको घरमा आगजनी, एक जनाको शव फेला |

राजन कुमार बानिया पर्सा १० असार । पर्साको जगरनाथपुर गाउँपालिकाको ११औँ गाउँ सभा आज सोमबार सम्पन्न भएको छ। गाउँपालका अध्यक्ष श्रीकान्त प्रसाद यादवको अध्यक्षमा सम्पन्न गाउँसभामा अगामी आर्थिक वर्ष २०८१–०८२ को निति तथा कार्यक्रम मा ४४ करोड ३४ लाख२३ हजार पाँच सय बराबरको अनुमानित गाउँपालिका अध्यक्ष यादवले नीति कार्यक्रम तथा बजेट प्रस्तुत गर्नु भएको थियो।
शिक्षा,स्वास्थ्य कृषि, खानेपानी चपाकल खेलकुद सामाजिक , वन तथा विपद् व्यवस्थापनमा , सोलार सौर्य बत्ती बिजुली जडान, मठ मन्दिर तथा मस्जिद सांस्कृतिक सम्पदामा, महिलाबालबालिका ,जेष्ठ नागरिक हर को सम्मान कार्यालय सञ्चालन तथा प्रसाशनिक खर्च तथा कर्मचारी हरु को तलब भता
गाउँपालिकाका अध्यक्ष यादवले अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै विद्यालयहरुमा विद्यार्थीहरुलाई टिकाउ र सिकाउ अभियान सञ्चालन गरिने बताए । उनले विद्यालयलाई आपंगता तथा बालमैत्री बनाइने बताए । उनले भने, ‘कक्षा १० का विद्यार्थीहरुको लागि अतिरिक्त कक्षा संचालन गरिने छ, एसईईमा उत्कृष्ट अंक ल्याएर उतिर्ण हुने छात्र–छात्राहरुलाई प्रोत्साहनसहित छात्रवृति प्रदान गरिने छ ।अध्यक्ष यादवले गाउँपालिकाबाट प्रवाह हुने सेवा मुस्कानसहित प्रदान गरिने बताए ।
उनले जगरनाथपुुर गाउँपालिकालाई समृद्ध र सुखी बनाउने दिर्घकालीन उद्देश्य अनुरुप आर्थिक सामाजिक विकासको मौलिक ढाँचामा गाउँपालिका अगाडि बढिरहेको बताए । जगरनाथपुरमा गाउँपालिका को संठी मावी औराहामा ११औँ गाउँसभाको उद्घाटन प्रमुख अतिथि रहने भएका नेपाली कांग्रेस पार्टी पर्सा सभापति तथा प्रदेश साँसद जनार्दन सिंह क्षेत्री ले कार्यक्रम लाई उद्घाटन गर्नु भएको थियो। कार्यक्रम मा प्रदेश साँसद शंकरप्रसाद चौधरी, गापा उपाध्यक्ष बबिता सिंह, गापा प्रमुख प्रशासकिय अधिकृत कृष्ण नन्दन राय,गादीमाई बन ब्यवस्थापन समिति का अध्यक्ष सहरुम गदी, नेपाली कांग्रेस पर्सा क्षेत्र नं ४ का क्षेत्रिय सचिव बलिष्टर अहमद, वडाध्यक्षहरु लक्ष्मी साह तेली, नेपाली प्रसाद कुशवाहा, सुभाषकुमार यादव, प्रभुनाथ प्रसाद नुनिया, बिहारी महतो नुनिया,कार्यपालिका सदस्य ,गापा सदस्य ,वड सचिव, कर्मचारी, शिक्षक,पत्रकार,सरक्षाकर्मी, बुद्धिजिवीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको