LIVE 
भ्रष्टाचार मुद्दापछि वीरगञ्जका मेयर राजेशमान सिंह निलम्बित | पब्लिक फिटनेस सेन्टर वीरगंजको नवौँ स्थापना दिवसमा दोस्रो पुसअप प्रतियोगिता सम्पन्न | वीरगंजको नाकाबाट तस्करी, असुलीमा टाईगर टोलीका सिंह र यादव | मधेश प्रदेश सरकारको बजेट खर्च १९.४ प्रतिशतमा सीमित | पर्सा जिल्लामा मौलायो संगठित तस्करी, एसपी र डिएसपीको छुट्टाछुट्टै घुमुवा | सिमराको घुमुवा यादव आर्थिक तांडव मचाउँदै | पर्साको पोखरियाबाट ब्राउन सुगरसहित एक युवक पक्राउ | एमाले सचिवालय बैठकमा ओलीमाथि दबाब | बारा विवादपछि रास्वपा वडा र पालिका अधिवेशनमा केन्द्रित | भिस्वा–सिक्टा सडक क्षेत्रमा अव्यवस्था रोक्न गाउँपालिकाको कदम |

नेपाली राजनीति अनौठो प्रवृत्तिको छ । यसले समाजलाई सुमार्गमा लगाउन सकेन । व्यक्तिगत र वर्गीय स्वार्थमा समय बितायो । भोलिका कर्णाधार मानिने विद्यार्थीहरुको भविष्य अन्धकार बन्दै छ । उनीहरुलाई पढ्ने वातावरण बन्नसकेको छैन । पर्सा को पकाहाँमैनपुर गाउँपालिका वडा नं – ३ मा रहेको श्री राम चरित्र भगत उच्च माध्यमिक विद्यालयमा हाल गर्मी याम भएको अवस्थामा भवन तथा कक्षा को कोठाको अव्स्था जिर्ण रहेको छ । अध्ययनरत विद्यार्थीहरुलाई जोखिम पूर्ण बातावरणमा पढी रहेका छन् । राज्य हाँक्ने राजनीतिज्ञहरु हुन् । उनीहरुमा समस्याको पहिचान गर्ने गुणको अभाव छ भने व्यवस्थापन गर्न सक्ने दक्षताको अभाव देखिन्छ । यस्तो परिस्थितिमा राज्यका संयन्त्रहरु मुकदर्शक बन्नु पनि स्थानीय सत्ता पक्षको कमजोरी मात्र नभएर गैरजिम्मेवारी पनि भएको छ । गर्मी बढ्यो भन्ने स्थानीय तहका वीद्यालयहरु बन्द गर्ने क्रम बढिरहेको छ ।

तर सबैको एकोहोरो भनाईलाई पढ्ने बालबालिकाको दूरदशा भयो । उनीहरुको जीवनका प्रगतिहरु रुके । देशले आवश्यक मात्राको जनशक्ति पाउन सक्ने सम्भावना भएन । विकास भन्नु नै शिक्षाको विकास र स्वास्थ्यको समुचित व्यवस्थापन हो तर सुधार भएन ।
राज्य सञ्चालन गर्ने नेताहरुले आत्तिएर, मात्तिएर र रमाएकोले धेरै विद्यार्थीहरु पढाई छोडेर घरमै बस्से । पकाहाँमैनपुर गाउँपालिका वडा नं –३ मा रहेको श्री राम चरित्र भगत उच्च माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको भविष्य अन्धकारमा रहेको छ ।


विद्यार्थीहरुको भविष्य संग खेलवाड भईरहेको देख्दा स्थानीय चिन्ती भएपनि पनि सम्बन्धित निकाय मौन रहेको छ । विद्यालय संचालनमा आए पनि समयमा शिक्षकहरु नआउने अवस्थाले निमुखा तथा गरीब विपन्न वर्गका बालबालीकालाई शिक्षाबाट वञ्चित रहेका छन् ।

बालबालिकाहरुको पठन पाठन राम्रो संग नहुने भएको कारण स्थानीय पटक पटक विद्यालयमा गुहार गरेकपनि वस्ता नगरेको अभिभावकहरुले जानकारी दिएका छन् । विद्यालय भवनको छत फुटेको तथा कक्षा कोठा मा पंखा समेत नरहेको भएको अवस्थामा नचलने अवस्थामा रहेको, दिवा खाजामा घोटाला भएको स्थानियहरुले गुनासो पोखैका छन् । यस्तै राज्यको पैसा बालबालीकाको लागी संचालीत दिवा खाजामा कमिशनको भागबन्डा मिलाउदैं भ्रष्ट प्र. अ. र लेखापाल व्यस्त स्थानी बासीको आरोप रहेको छ । सो विषयमा गाँउपालिका अध्यक्ष सुरेश मेहता सँग बुझदा उहाले भने मलाई केही थहा छैन म सो विद्यालयका बारेमा बुझी भएको समस्या समाधान गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको