LIVE 
छिपहरमाई गाउँपालिकाका ३० कर्मचारीलाई कामकाज नगर्न निर्देशन, तीन दिनभित्र जिन्सी बुझाउन आदेश | छिपहरमाई गाउँपालिकाका ३० कर्मचारीलाई कामकाज नगर्न निर्देशन, तीन दिनभित्र जिन्सी बुझाउन आदेश | रास्वपाबाट वीरगन्ज मेयर र वडाध्यक्षको उम्मेदवार घोषणा गर्नेहरूलाई कारबाहीको चेतावनी | प्रचण्ड र माधव नेपाल असोज ११ गते वीरगञ्ज आउँदै | पर्सामा प्रहरीको ठूलो सफलता: पोखरिया इलाका प्रहरीद्वोरा ११४ किलो गाँजा बरामद | नारायणी अस्पतालका चिकित्सकको सामूहिक राजीनामा, सीडीओ र एसपीको राजीनामा माग | स्वास्थ्य सेवा अवरुद्ध नगर्न मन्त्रालयको अपिल | छिपहरमाईमा १४० किलो गाँजा बरामद, अनुसन्धान तीव्र | आन्दोलनको सफलता : भिस्वा छोटी भन्सारबाटै भारतीय सवारीको निःशुल्क प्रवेश पास | धोबिनी गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक |

राजन कुमार बानिया पर्सा २३ जेष्ठ ।पर्साको कालिकामाई गाउँपालिकामा अाज छुटाछुटै ठाउँमा १ करोड ४० लाखको लागतमा वडा कार्यालय भवन र बिधालय भवनको शिलान्यास गाउँपालिका अध्यक्ष बशिष्ट कुमार गुप्ताले शिलान्यास गर्नु भएको छ। गाउँपालिका अध्यक्ष गुप्ताले कालिकामाई गाउँपालिका वडा नं १ मुडली बजारमा ९० लाखको लागत वडा कार्यालय भवनको लागी र साथै वडा नं १ टिनडोबिया गाउँमा रहेको श्री नेपाल रास्ट्रिय प्राथमिक बिधालयमा ५० लाख लागतमा बिधालय भवनको लागि अाज एक कार्यक्रमका बिच बिधवत रुपमा पुजापाठ गरि गाउँपालिका अध्यक्ष गुप्ताले शिलान्यास गर्नु भएको थियो। गाउँपालिका अध्यक्ष गुप्ताको पहल र समन्वय बाट जिल्ला समन्वय समिति पर्सा र गाउँपालिकाको सहयोग बाट छुट्टाछुट्टै ठाउँमा वडा भवन र बिधालय भवनको लागि १ करोड ४० लाखको लागत निर्माण हुन लागेका छन। ६०% जिल्ला समन्वय समिति पर्सा र ४०% गाउँपालिका अार्थिक सहयोगमा निर्माण हुन लागेको वडाअध्यक्ष लालबाबु चौरसियाले जनाएका छन। वडा कार्यालय भवन दुई तले भवन र डिनडोबियामा बिधालय भवन दुईतले निर्माण हुने र निमार्ण कार्य उपभोक्ता समिति बाट निर्माण भईरहेको वडाअध्यक्ष चौरसियाले बताए । शिलान्यास कार्यक्रम वडाअध्यक्ष लालबाबु चौरसियाको अध्यक्ष्ातामा सम्पन्न भएको छ।कार्यक्रममा वाड सदस्य सुरेन्द्र साह तेली,शिव शंकर चौरसिया,मोतिलाल प्रसाद पटेल,शंकर यादव,भोज साह तेली,रामराज प्रसाद यादव, बिमल महतो कोईरी,बिधालयका प्रअ रामप्रबेश पटेल,लगायतको सहभागिता रहेको थियोे ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको