LIVE 
नारायणी अस्पतालका चिकित्सकको सामूहिक राजीनामा, सीडीओ र एसपीको राजीनामा माग | स्वास्थ्य सेवा अवरुद्ध नगर्न मन्त्रालयको अपिल | छिपहरमाईमा १४० किलो गाँजा बरामद, अनुसन्धान तीव्र | आन्दोलनको सफलता : भिस्वा छोटी भन्सारबाटै भारतीय सवारीको निःशुल्क प्रवेश पास | धोबिनी गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक | भ्रष्टाचार मुद्दापछि वीरगञ्जका मेयर राजेशमान सिंह निलम्बित | पब्लिक फिटनेस सेन्टर वीरगंजको नवौँ स्थापना दिवसमा दोस्रो पुसअप प्रतियोगिता सम्पन्न | वीरगंजको नाकाबाट तस्करी, असुलीमा टाईगर टोलीका सिंह र यादव | मधेश प्रदेश सरकारको बजेट खर्च १९.४ प्रतिशतमा सीमित | पर्सा जिल्लामा मौलायो संगठित तस्करी, एसपी र डिएसपीको छुट्टाछुट्टै घुमुवा |

राजन कुमार बानिया पर्सा २३ जेष्ठ ।पर्साको कालिकामाई गाउँपालिकामा अाज छुटाछुटै ठाउँमा १ करोड ४० लाखको लागतमा वडा कार्यालय भवन र बिधालय भवनको शिलान्यास गाउँपालिका अध्यक्ष बशिष्ट कुमार गुप्ताले शिलान्यास गर्नु भएको छ। गाउँपालिका अध्यक्ष गुप्ताले कालिकामाई गाउँपालिका वडा नं १ मुडली बजारमा ९० लाखको लागत वडा कार्यालय भवनको लागी र साथै वडा नं १ टिनडोबिया गाउँमा रहेको श्री नेपाल रास्ट्रिय प्राथमिक बिधालयमा ५० लाख लागतमा बिधालय भवनको लागि अाज एक कार्यक्रमका बिच बिधवत रुपमा पुजापाठ गरि गाउँपालिका अध्यक्ष गुप्ताले शिलान्यास गर्नु भएको थियो। गाउँपालिका अध्यक्ष गुप्ताको पहल र समन्वय बाट जिल्ला समन्वय समिति पर्सा र गाउँपालिकाको सहयोग बाट छुट्टाछुट्टै ठाउँमा वडा भवन र बिधालय भवनको लागि १ करोड ४० लाखको लागत निर्माण हुन लागेका छन। ६०% जिल्ला समन्वय समिति पर्सा र ४०% गाउँपालिका अार्थिक सहयोगमा निर्माण हुन लागेको वडाअध्यक्ष लालबाबु चौरसियाले जनाएका छन। वडा कार्यालय भवन दुई तले भवन र डिनडोबियामा बिधालय भवन दुईतले निर्माण हुने र निमार्ण कार्य उपभोक्ता समिति बाट निर्माण भईरहेको वडाअध्यक्ष चौरसियाले बताए । शिलान्यास कार्यक्रम वडाअध्यक्ष लालबाबु चौरसियाको अध्यक्ष्ातामा सम्पन्न भएको छ।कार्यक्रममा वाड सदस्य सुरेन्द्र साह तेली,शिव शंकर चौरसिया,मोतिलाल प्रसाद पटेल,शंकर यादव,भोज साह तेली,रामराज प्रसाद यादव, बिमल महतो कोईरी,बिधालयका प्रअ रामप्रबेश पटेल,लगायतको सहभागिता रहेको थियोे ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको