LIVE 
छिपहरमाई गाउँपालिकाका अध्यक्ष मनोज गुप्ता सहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर | धार्मिक सद्भाव र शान्तिका लागि वीरगञ्जमा सर्वपक्षीय बैठक: पाँचबुँदे सहमति | पोखरिया नगरपालिकाको १०औँ हिउँदे नगरसभा सम्पन्न | भ्रष्टाचार मुद्दामा पूर्वमन्त्री राज कुमार गुप्तालाई विशेष अदालतबाट थुनामा राख्न आदेश | वीरगंजमा आर्थिक चलखेलमा लाईसेन्स बिक्री हुँदै, असुली गर्दै यातायात कार्यलय र ट्राफिक कार्यालयका बिचौलिया | प्रमुख प्रशासकीय अधिकृत कुशवाहाले सम्हाले कालिकामाई गाउँपालिकाको कार्यभार | धोबिनी गाउँपालिका वडा-२ भिखमपुरमा निशुल्क आँखा शिविर सम्पन्न | छिपहरमाईमा १ करोड २८ लाखको सोलार खरिदमा भ्रष्टाचार, ठुलो आर्थिक चलखेलमा उपभोक्ताबाट गराइयो काम | पर्सा–३ बाट दिपेश साहको नाम सिफारिस | कुम्हालटोलमा ग्यास बिस्फोटपछि भीषण आगलागी |

१२ जेठ, वीरगञ्ज । प्रेस सेन्टर नेपाल पर्साले स्व.कृष्णसेन स्मृति दिवसको अवसरमा दुईजना पत्रकारलाई पुरस्कार वितरण गरेको छ ।

कृष्णसेनको २२ औं स्मृति दिवसको अवसरमा वीरगञ्जमा कार्यक्रमको आयोजना गरी प्रेस सेन्टरका दुईजना पत्रकारलाई सम्मानित गरेको हो ।

प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य तथा बारा इञ्चार्ज कृष्ण उदास खनाललाई कृष्णसेन स्मृति सम्मान पुरस्कार र सेन्टरका सदस्य राम मण्डललाई प्रेस सेन्टर नेपाल पर्सा क्रियाशील पत्रकारिता पुरस्कार प्रदान गरिएको प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य तथा पर्सा इञ्चार्ज नीरज पिठाकोटे मगरले जानकारी दिए । पुरस्कृत दुवैजनालाई जनही २१÷२१ हजार रुपैंयाको पुरस्कार प्रदान गरिएको हो ।

पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषाल र नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव दिपेन्द्र चौहानले सम्मानित दुईजना पत्रकारहरुलाई प्रमाणपत्र तथा पुरस्कृत राशी बराबरको चेक हस्तान्तरण गरेका थिए ।

प्रेस सेन्टर नेपाल पर्साका अध्यक्ष दिपक गौतमको अध्यक्षतामा भएको कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी भुसाल, सशस्त प्रहरीका प्रहरी उपरिक्षक राधेश्याम धिमाल, वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल अग्रवाल, नेपाल बार एसोशियसन पर्साका कमल मोहन पोखरेल, प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य तथा पर्सा इञ्चार्ज नीरज पिठाकोटे मगर, नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष युवराज खड्का लगायत पर्सेली सञ्चाररकर्मीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।कार्यक्रमको सञ्चालक प्रेस सेन्टर नेपालका सचिव शिवनाथ यादवले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको