LIVE 
वीरगंजबाट प्रकाशित हुने मध्य नेपाल सन्देश पत्रिकालाई आज मन्त्रालय बाट सम्मानित गरिएको छ। | अलौ नाकामा तस्कारी लाई नियन्त्रण गर्दै चार महिना नबितदा चालिस लाख भन्दा बढी को तस्करीको समान पक्राउ | मोटरसाइकल दुर्घटनामा कलैयाका एक जना २४ वर्षिय युवकको मृत्यु | वीरगंज संजालको छैठौं वर्षगाँठमा सफलताको कथा | पकहामैनपुर गाउँपालिकामा सरकारी सेवा लिन आउने सेवा ग्राही अहिले मर्कामा परेका छन । | आज भदाै १० सोमबार श्री कृष्णा जन्माष्टमी पर्व मनाइदै - Pradesh TV | पर्सा को सखुवा प्रसौनी २ नं वडा कार्यलय अगाडि वाटर फाउंटेन संचालन , अझै गाउँ गाउँमा लगाउने त्यारी : अध्यक्ष यादव | बिरगंजमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न। | भाटा बाबाको दर्शन गरेर फर्किने क्रममा जानकी टोला नजिकैको नहरमा ट्याक्टर खस्दा चालकको मृत्यु | उपकार सेवा नेपालद्वारा बाल गृहलाई खेलकुद सामग्री वितरण |

लालबाबु बानिया पर्सा ३ जेष्ट । पर्साको सखुवाप्रसौनी गाउँपालिका वडा नं५ महुवन मा रहेको श्री नेपाल रास्ट्रिय माध्यमिक बिधालय का बिधार्थी हरु ले अाफ्नै बिधालय का शिक्षक हरु लाई हातपात गरको बिरुध मा शिक्षक हरु ले नौ दिन देखि बिधालय बन्द गरेका बिधालय बिहिवार देखि संचालन ल्याएको छ। अाजै बाट ६ जना बिधार्थी हरु लाई रिस्टिगेट गरि कार्वाही प्रकृिया अगाडि बढाउदै नौ दिन देखि बन्द रहेको बिधालय बिहिवार देखि संचालन ल्याएको बिधालय का प्रअ बिनोद चौधरी ले जनाए का छन। बुधबार बसेको जनप्रतिनिधि ,अबिभावक र शिक्षक हरु को बसेको बैठक बाट बिधालय मा रहेका केही उसिंखल गतिबिधी गर्ने बिधार्थी हरु लाई लाई बिधालय बाट रिस्टिगेट गरि कार्वाही गर्ने सर्तमा बिहिवार देखि बन्द रहेको बिधालय खुला गरि पठन पाठन मा ल्याउने प्रअ बिनोद चौधरीले जनाए का थियो। श्री नेरामाबी महुवन का प्रअ चौधरी ले दिए जानकारी का अनुसार बैसाख २६ गते बुधबार को दिन शिक्षक हरु ले अाफ्नो कक्षा कोठा मा पढाउन जादा केही बिधार्थी हरु ले बाहिर खेलिरहेको अवस्था मा शिक्षक ले कक्षा कोठामा बोलाएर समुझाउदा एकासी केही बिधार्थी हरु ले गाली गलौज गर्दै हातपात गरेपछी बिधालय का शिक्षक हरु सो ठाउँ मा पुगदा उसिंखल केही बिधार्थी हरु तीन जना शिक्षक हरु लाई हातपात गरेका छन। शिक्षक हरु लाई हातपात गरेको कारण बुधबार देखि बिधालय बन्द गरिएको थियो। उसिंखल बिधार्थी हरु को सिकार मा परेका तिन जना शिक्षक हरु लाई हातपात गरेका थिए। जब सम्म यश घटना मा संलग्न बिधार्थी हर लाई कार्वाही नभए सम्म बिधालय बन्द रहने बिधालय का अडान रहेको प्रअ चौधरी ले जनाएका छन। यो बिधालय मा पहिला पनि चार चोटि बिधार्थी हरु ले कुनैन कुनै बहाना निउ खोजेर शिक्षक हरु लाई हातपात बेईजत गर्ने गरेको र बिरोध गर्दा स्थानिय अबिभावक र जनप्रतिनिधि हरु ले बिधार्थी हरु संग माफि मंगाएर माफी गराउदै अाएको ले अहिले बिधालय मा केही बिधार्थी हरु छाडा भईसकेको ले बिधालय मा यस्तो अावस्था अाएको शिक्षक हरु ले जनाए का छन। बिधालय मा केही बिधार्थी हरु ले टाईगर टोली बनाएर यस्ता क्रियाकलाप गर्दै अाईरहेको हो। प्रअ चौधरी ले जनाए अनुसार उसिंखल गतिबिधी का बिधार्थी हरु ले अहिले पनि धाकधमकी दिदैछ कि शिक्षक हरु बिधालय मा अाएपछी फेरि कुटपिट गर्ने धाकधमकी बाट बिधालय जान समस्या देखिएको थियोे । यश घटना को सम्बन्ध मा गाउँपालिका अध्यक्ष जसवनत यादव र प्रहरी प्रसाशन मा राखिएपनी अाज को बैठक मा प्रसाशन,जनप्रतिनिधि ,अबिभावक हरु ले जिमा लिनुभएको हो ।यस बिधालय मा करिब ८ सय जना छात्र,छात्रा हरु रहेको र त्यसमा सबै भन्दा बढि ५ सय जना छात्रा हरु रहेका छन। बिधालय मा यस्ता रवैया रहयो भने छात्रा हरु को भबिष्य खराब हुने देखिएको छ। सरकारी बिधालय मा गरिब समुदाय का छात्र ,छात्रा हरु पढने गरेको र त्यसमा पनि छात्रा को संख्या बढि देखिएमा केही उसिखल बिधार्थी हरु को गलत गतिबिधी का कारण बिधालय बन्द भएपछी छात्र,छात्रा हरु को भबिष्य अन्धकार मा पर्ने स्थानिय अबिभावक हरु ले बताए । यो बिधालय का जिम्मेवार ब्यक्ति बिधालय ब्यवस्थापन समिति बिहिन रहेको ले बिधालय को यस्तो अवस्था रहेको कारण यस्ता समस्या देखिएको हो। बिधालय को रेखदेख जनप्रतिनिधि वडा अध्यक्ष को रहेपनी वडाअध्यक्ष राजनितीक मा ब्यस्थ रहे को ले बिधालय मा समय नदिएको ले बिधालय मा समस्या देखिएको छ । यस घटना को समबन्धमा वडा नं ५ का वडाअध्यक्ष अशेषर यादव संग कुरा गर्दा अाज हामी सबै अबिभावक हरु बसेर यस्ता घटना हरु प्रति छलफल गरि दोसी बिधार्थी हरु लाई बिधालय बाट टिसि समेत दिएर रिस्टिगेट गरि,र कार्वाही हुने बताए । महुवन बिधालय बन्द रहेको ले अाज बैठक बसी पिडित शिक्षक हरु को चितबुझाउदै बिधालय खुला बिहिवार देखि संचालनमा ल्याएर बिधालय का पठनपाठन सुचारु गराउने वडा अध्यक्ष यादव ले बताए । यस्ता रवैया फेरि नदोहरोस भन्दै बिधार्थी हरु लाई पनि कार्वाही गराउने बताए ।महुवन बिधालय मा यस्ता घटना घटेर बिधालय बन्द भएपछी स्थानिय अबिभावक हरु चिन्तित भएका थिए। बिधालय मा यस्तै रवैया रह्ययो भने छात्रा हरु लाई पठनपाठन मा समस्या अाउने स्थानिय अबिभावक हरु ले गुनासो गरेका थिए। श्री नेरामाबी महुवन संचालन मा अाएको प्रअ चौधरी ले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको