LIVE 
पर्सामा प्रहरीको ठूलो सफलता: पोखरिया इलाका प्रहरीद्वोरा ११४ किलो गाँजा बरामद | नारायणी अस्पतालका चिकित्सकको सामूहिक राजीनामा, सीडीओ र एसपीको राजीनामा माग | स्वास्थ्य सेवा अवरुद्ध नगर्न मन्त्रालयको अपिल | छिपहरमाईमा १४० किलो गाँजा बरामद, अनुसन्धान तीव्र | आन्दोलनको सफलता : भिस्वा छोटी भन्सारबाटै भारतीय सवारीको निःशुल्क प्रवेश पास | धोबिनी गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक | भ्रष्टाचार मुद्दापछि वीरगञ्जका मेयर राजेशमान सिंह निलम्बित | पब्लिक फिटनेस सेन्टर वीरगंजको नवौँ स्थापना दिवसमा दोस्रो पुसअप प्रतियोगिता सम्पन्न | वीरगंजको नाकाबाट तस्करी, असुलीमा टाईगर टोलीका सिंह र यादव | मधेश प्रदेश सरकारको बजेट खर्च १९.४ प्रतिशतमा सीमित |

पर्सा । पर्साको पोखरिया नगरपालिकमा रहेको इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरिक्षक मोहन बिक्रम केसीको विदाई गरिएको छ । बुधबार एक समारोहको आयोजना गरेर उनलाई दोसल्ला, माला र टिका लगाएर बिदाई गरिएको हो ।

प्रहरी निरिक्षक केसीले १५ महिनासम्मको बसाइमा अपराध नियन्त्रण, शान्ति सुरक्षा कायम र खुल्ला सिमानाकाबाट हुने चोरी तस्करी नियन्त्रण कार्यमा सराहनिय काम गरेको भन्दै उनलाई विशेष सम्मानसहित बिदाइ गरिएको हो ।

सो क्रममा केसीले खुल्ला सिमानाकामा अपराधिक गतिविधि र चोरी तस्करी नियन्त्रणमा स्थानीयहरुको सहयोग तथा समन्वयको कारण सफल भएको बताए । उनले भने, ‘प्रहरी संगठनमा सरुवा त एउटा प्रक्रिया हो, आउने र जाने काम भइरहन्छ तर तपाईंहरुले दिनुभएको सहयोगले नै यहाँको शान्ति सुरक्षामा महत्वपूर्ण काम गर्न सफल भएका हौँ ।’

त्यस्तै पोखरियामा आएका नयाँ प्रहरी निरिक्षक राजन ढकाललाई स्वागत गरिएको छ । बिदाई तथा स्वागत कार्यक्रममा छिपहरमाई गाउँपालिका कमिटीका अध्यक्ष तथा माओवादीका नेता अरमान खान, सारुख मियाँ,  पत्रकार धिरज बर्णवाल, राजन बानियाँ, बलिराम यादव, नवल यादव, माओवादीका युवा नेता प्रदिप पटेल, रमेश यादव, हिमन्चल कुशवाहा, राजु शमानी लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको