LIVE 
पर्सामा प्रहरीको ठूलो सफलता: पोखरिया इलाका प्रहरीद्वोरा ११४ किलो गाँजा बरामद | नारायणी अस्पतालका चिकित्सकको सामूहिक राजीनामा, सीडीओ र एसपीको राजीनामा माग | स्वास्थ्य सेवा अवरुद्ध नगर्न मन्त्रालयको अपिल | छिपहरमाईमा १४० किलो गाँजा बरामद, अनुसन्धान तीव्र | आन्दोलनको सफलता : भिस्वा छोटी भन्सारबाटै भारतीय सवारीको निःशुल्क प्रवेश पास | धोबिनी गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक | भ्रष्टाचार मुद्दापछि वीरगञ्जका मेयर राजेशमान सिंह निलम्बित | पब्लिक फिटनेस सेन्टर वीरगंजको नवौँ स्थापना दिवसमा दोस्रो पुसअप प्रतियोगिता सम्पन्न | वीरगंजको नाकाबाट तस्करी, असुलीमा टाईगर टोलीका सिंह र यादव | मधेश प्रदेश सरकारको बजेट खर्च १९.४ प्रतिशतमा सीमित |

राजन कुमार बानिया पर्सा १ जेठ। पर्साको छिपहरमाई गाउँपालिकास्तरीय मेयर कप २०८१  टी– २० क्रिकेट प्रतियोगिता आज सम्पन्न  भएको छ । छिपहरमाई गाउँपालिकाको सहयोग र युवा समाज भिस्वा क्रिकेट कल्बको आयोजनामा भएको सो मेयर कप टी– २० क्रिकेट प्रतियोगिताको मंगलबार भएको फाईनल खेलमा बिजेता उपबिजेता हरुलाई  नगद र  सिल्ड बितरण गरिएको थियो। अाज को फाईनल खेलमा  बिन्दबासनी गाउँपालिका क्रिकेट कल्बले बिजेता घोसित भएको थियोे भने पकहामैनपुर गाउँपालिका क्रिकेट कल्ब उपबिजेता भएको थियो। पकहामैनपुर क्रिकेट कल्बले पहिलो टस जितेर बैटिंग रोजी  १९ अोभर अवल बिकेट गुमाउदै  १२४ रन बनाएको थियो। भने प्रतिउतरमा उतरेको बिन्दबासनी क्रिकेट कल्ब ले १४ अोभर ५ बलमा ५ बिकेट गुमाउदै १२५ रन बनाएर बिजेता घोषित भएको थियो।बिजेता टिम लाई ३१ हजार नगद र सिल्ड  गाउँपालिका उपाध्यक्ष लिलावती देबी  कानुले बितरण गर्नु भएको थियो।उपबिजेता लाई नगद २१ हजार र    सिल्ड वडा अध्यक्ष मौजीलाल साह कानुले बितरण गर्नु भएको थियो। मैन अफ दि टफिक बिन्दबासनी का प्रबिन कुमार ले २४ बल मा ३६ रन बनाएको ले  नगद र टफिक  बितरण गरिएको थियो भने मैन अफ दि सिरिज पकहामैनपुर का बिजय कुमार ले खेल भरि मा  १०६ रन सात बिकेट लिएर सिरिजघोषित भएको थियो ।  खेलमा ६ बिकेट लिएर शनि कुमार ले यिनर भएको थियो। सबैजना  हरु लाई नगद ,टफि र खेलाडी हरु लाई मेडल  बितरण गरिएको थियो।
प्रमुख अतिथि रहनु भएकि गाउँपालिका उपाध्यक्ष लिलावती देबी कानु ले बिजेता टिम लाई नगद ,सिल्ड बितरण गर्दै भनिन अाउने दिन मा  युवाहरुलाई खेलकुदमा रुचि देखिएको र अाउने दिन मा युवा हरु को उतसाह बढाउन गाउँपालिका बाट सहयोग गरिने बताईन।
गाउँपालिका– ५ भिस्वामा रहेको  खेलमैदानमा भएको मेयर कप टी– २० क्रिकेट प्रतियोगिता गाउँपालिका वडा नं ५ भिस्वाका वडाध्यक्ष मौजीलाल साह कानुको अध्यक्षतामा भएको खेल मा नेपाली कांग्रेस का नेता किशोरी साह कानु, वडाअध्यक्ष दिपेन्द्र सिंह,बिअोपी भिसणवा का प्रमुख दिपक राज बस्नेत,भिस्वा चौकी का प्रमुख सुरेन्द्र ,शिक्षक प्रभु गिरी, सुरेश साह, स्वास्थ्य संयोजक शनि कुमार साह, कार्यपालिका सदस्य, महिला, सदस्य, शिक्षकलगायतको सहभागिता रहेको थियो ।
उक्त मेयर कप टी– २० क्रिकेट प्रतियोगितामा ८ वटा टिमले भाग लिएको  आयोजक मनोज पटेलले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको