LIVE 
छिपहरमाईमा १४० किलो गाँजा बरामद, अनुसन्धान तीव्र | आन्दोलनको सफलता : भिस्वा छोटी भन्सारबाटै भारतीय सवारीको निःशुल्क प्रवेश पास | धोबिनी गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक | भ्रष्टाचार मुद्दापछि वीरगञ्जका मेयर राजेशमान सिंह निलम्बित | पब्लिक फिटनेस सेन्टर वीरगंजको नवौँ स्थापना दिवसमा दोस्रो पुसअप प्रतियोगिता सम्पन्न | वीरगंजको नाकाबाट तस्करी, असुलीमा टाईगर टोलीका सिंह र यादव | मधेश प्रदेश सरकारको बजेट खर्च १९.४ प्रतिशतमा सीमित | पर्सा जिल्लामा मौलायो संगठित तस्करी, एसपी र डिएसपीको छुट्टाछुट्टै घुमुवा | सिमराको घुमुवा यादव आर्थिक तांडव मचाउँदै | पर्साको पोखरियाबाट ब्राउन सुगरसहित एक युवक पक्राउ |

राजन कुमार बानिया पर्सा ३१ बैशाख ।
पर्साको धोबिनी गाउँपालिकामा नयाँ निमित प्रमुख प्रशासकीय अधिकृत संजय यादव हाजिर भई कार्यभार समालदै अाज एक समहारोहका बिच जनप्रतिनिधि र कर्मचारीहरु बिच परिचयात्मक कार्यक्रम तथा स्वागत कार्यक्रम सम्पन्न भएको छ।धोबिनी गाउँपालिकाको सभा हलमा भएको परिचयात्मक तथा स्वागत कार्यालयमा अध्यक्ष मदन प्रसाद चौहान ,उपाध्यक्ष मन्जु देबी पटेल लगायत जनप्रतिनिधि र कर्मचारीहरु फुलमाला अबिर लगाई स्वागत गरेका थिए।
परिचयात्मक तथा स्वागत कार्यक्रममा जनप्रतिनिधि, कार्यपालिका सदस्य र कर्मचारी लगायतको उपस्थिती रहेको थियो
।निमित प्रमुख प्रशासकीय अधिकृत यादवले बिगत ७ वर्ष देखि गाउँपालिकामा स्वास्थ्य शाखा प्रमुखको पदमा कार्यरत रहेको थियो। हाल अाज बाट निमित प्रमुख प्रसाशकिय अधिकृतको पद भार ग्रहन गर्दै गाउँपालिकाको कार्यभार समाहल्दै गाउँपालिकाको काम कारवाही नियमसंगत अगाढी बढने तथा विकासले गति पाउँनेमा आफु बिश्वस्त रहेको प्रतिक्रिया दिनु भएको छ । यो गाउँपालिकाको अवस्था म राम्रो शीत अगालेको छु यसमा धेरै नै समस्या छ तर अब पहिलाको जस्तो हुदैन जनप्रतिनिधि हरु र कर्मचारीहरुको साथ र सहयोग पाएपछी गाउँपालिकाको बिकास र जनता हरुको कामकाज सहज र छिटो , छरितो हुने बताए ।स्वागत कार्यक्रममा गाउँपालिका अध्यक्ष चौहानले भने हामी हरुलाई जनता हरुले जिताएर जनप्रतिनिधि बनाएका छन , जनता हरुको बिकासका काम गर्नु पर्छ।चुनावको बेला जनता हरुलाई दिएको बच्चा पूरा गर्नु पर्छ।यदि हामी हरुले अापसमा केही सानो तिनो कुरामा बिबाद उतपन गरेपछी जनता हरुको बिकासको काममा बाधापुगने अध्यक्ष चौहानले बताए । धोबिनी गाउँपालिकाको बिकासको लागि हामी जनप्रतिनिधि र कर्मचारी हरु एक जुट भएर अगाडि बढनमा जोड दिनुभएको थियो।साथै नयाँ निमित प्रमुख प्रसाशकिय अधिकृत यादव लाई गाउँपालिकामा राम्रो काम गर्न सहित बधाई समेतदिनु भएको थियो। कार्यक्रममा वडाअध्यक्ष अबास मियाँ चुरिहार, बन्धु साह तेली, मनाउर मियाँ ,किसोर पटेल, नेपाली कांग्रेसका नेता श्यामकिसोर पटेल, कार्यपालिका दिनेश प्रसाद कलवार,सदस्य मदन सहनी , कमल ठाकुर, र गाउँपालिकाको कर्मचारी पपु पटेल , प्रदिप पटेल , केशराज प्रसाद कुर्मी , रबिभुसन पटेल , अजय साह लगायत महिला सदस्य ,गाउँपालिका सदस्य ,कर्मचारी ,लगायत हरुको सहभागीता रहेको थियोे ।कार्यक्रम संचालन शिक्षा प्रमुख बृजकिसोर त्रिपाठीले गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको