LIVE 
पर्सामा प्रहरीको ठूलो सफलता: पोखरिया इलाका प्रहरीद्वोरा ११४ किलो गाँजा बरामद | नारायणी अस्पतालका चिकित्सकको सामूहिक राजीनामा, सीडीओ र एसपीको राजीनामा माग | स्वास्थ्य सेवा अवरुद्ध नगर्न मन्त्रालयको अपिल | छिपहरमाईमा १४० किलो गाँजा बरामद, अनुसन्धान तीव्र | आन्दोलनको सफलता : भिस्वा छोटी भन्सारबाटै भारतीय सवारीको निःशुल्क प्रवेश पास | धोबिनी गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक | भ्रष्टाचार मुद्दापछि वीरगञ्जका मेयर राजेशमान सिंह निलम्बित | पब्लिक फिटनेस सेन्टर वीरगंजको नवौँ स्थापना दिवसमा दोस्रो पुसअप प्रतियोगिता सम्पन्न | वीरगंजको नाकाबाट तस्करी, असुलीमा टाईगर टोलीका सिंह र यादव | मधेश प्रदेश सरकारको बजेट खर्च १९.४ प्रतिशतमा सीमित |

वीरगंजको मुर्ली, साल्टट्रेनिग, मधेश विश्वबिध्यालयको प्रागण, बिर्ता हस्पिटल रोड, आदर्शनगर, भन्सार चौक लगायतको ठाउँहरुमा फुलेको गुलमोहरको फूलले बाताबरणलाई सुन्दर छ।

 

गर्मी महिनामा फुल्ने गुलमोहरलाई छहारीसँगै सौन्दर्य बढाउने फूलको रुपमा बगैँचा, सडक साइड तथा पार्कमा लगाएको हेरिन्छ। गुलमोहरलाई फ्रान्समा ‘र्स्वको फूल’ भनेर उपमा दिइन्छ । वीरगंजका सडकमा फक्रिइरहेका यी फूलनजिक पुग्दा भने लाग्छ– वीरगंज त स्वर्ग नै हो कि ! अर्थात्, गुलमोहरले वीरगंजलाई स्वर्गझैं सिँगारेको छ ।

 

केहि पुराना ठाउहरुमा पहिलै देखि गुलमोहरको रुख भएपनि वीरगंजमा नया नेतृत्व आएपछि सहरलाई हराभरा र सुन्दर बनाउने आभियान अन्तरगत सडक किनार र केहि मुख्य स्थानहरुमा गुलमोहर लगाइएको थियो जुन अहिले फल सवरूप सहरलाई सजाउने कार्य गर्दै छ।

 

विशेष गरी मार्च–अप्रिलदेखि जुन–जुलाईसम्म गुलमोहरको बोटमा रातो फूल देख्न सकिन्छ । सुक्खा ठाउँमा फुल्ने गुलमोहर नेपाल, भारत, अमेरिका, ब्राजिल, मेक्सिको, नाइजेरिया, युगान्डा, श्रीलंकालगायत देशमा पाइन्छ । गुलमोहर फरक–फरक देशमा फरक–फरक समयमा फुल्ने गर्छ ।

साभार:- रातो पाना

फोटो:- प्रह्लाद चौरसिया

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको