
वीरगञ्ज, बैशाख २४ गते । वीरगञ्जको नारायणी अस्पतालमा उपचारत १४० जना बिरामीलाई पानी, बिस्कुट वितरण गरिएको छ । युवा जनमत संघ वीरगञ्ज महानगर समिति वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचाररत ती बिरामीहरुलाई पानी, बिस्कुट वितरण गरेको हो ।
पानी, बिस्कुट वितरण कार्यक्रममा युवा जनमत संघ वीरगञ्ज महानगर समिति पर्साका अध्यक्ष संजय सिंहको अध्यक्षतामा सम्पन्न भएको थियो ।
वितरण कार्यक्रममा युवा जनमत संघ वीरगञ्ज महानगर समितिका अध्यक्ष संजय सिंह , उपाध्यक्ष संजय साह, कोषाध्यक्ष सिकेन्द्र कु.राम, सचीव लोकेश कर्ण, विधार्थी इकाई अध्यक्ष अविशेक झा, सहयोगी दाताहरु साजन सिंह, उदय यादव , विध्यालाल गुप्ता ,पर्वेज आलम विजय साह, समेतको सहभागिता रहेको सिंहले जानकारी दिनुभयो ।