राजन कुमार बानिया पर्सा १८ बैशाख । पर्साको धोबिनी गाउँपालिका वडा नं ५ धोबिनिको नवकाटोलामा चार जना अग्नि पिडित हरुलाई नेपाल रेडक्रस सोसाइटी पर्साले अाज राहत समाग्री बितरण गरेका छन। अग्नि पिडित धोबिनी गाउँ निवासी रजाक देवान,रहमत देवान, अ्मजद देवान , समसाद देवानको घरमा आगलागी भएपछि रेडक्रसले राहत बितरण गरिएको छ। आगलागी पीडित परिवार हरुलाई अति आवश्यकीय राहत सामग्री बितरण गरिएको छ ।
मंगलबार २ बजेतिर आगलागी हुँदा नगद गरगहना,घरमा रहेको सम्पुर्ण सामग्री जलेर नष्ट भएका छन् । राहत समाग्री नेपाल रेडक्रस सोसाइटि मधेस प्रदेश कमिटि उपकोषाअध्यक्ष सलाउदिन अहमद ,वडा अध्यक्ष मनाउर अहमद, धोबिनी गाउँपालिका उप मेयरको प्रतिनिधि श्याम पटेल, मंगलबार पीडित परिवारको घरमै पुगेर राहत सामग्री वितरण गरिएको हो ।
पीडित परिवारलाई तत्कालको लागि त्रिपाल, सिरक, डसना,बर्तन, लगाएत सामग्री प्रदान गरिएको अहमदले जानकारी दिए।







