LIVE 
नारायणी अस्पतालका चिकित्सकको सामूहिक राजीनामा, सीडीओ र एसपीको राजीनामा माग | स्वास्थ्य सेवा अवरुद्ध नगर्न मन्त्रालयको अपिल | छिपहरमाईमा १४० किलो गाँजा बरामद, अनुसन्धान तीव्र | आन्दोलनको सफलता : भिस्वा छोटी भन्सारबाटै भारतीय सवारीको निःशुल्क प्रवेश पास | धोबिनी गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक | भ्रष्टाचार मुद्दापछि वीरगञ्जका मेयर राजेशमान सिंह निलम्बित | पब्लिक फिटनेस सेन्टर वीरगंजको नवौँ स्थापना दिवसमा दोस्रो पुसअप प्रतियोगिता सम्पन्न | वीरगंजको नाकाबाट तस्करी, असुलीमा टाईगर टोलीका सिंह र यादव | मधेश प्रदेश सरकारको बजेट खर्च १९.४ प्रतिशतमा सीमित | पर्सा जिल्लामा मौलायो संगठित तस्करी, एसपी र डिएसपीको छुट्टाछुट्टै घुमुवा |

हरिकिशोर शर्मा जिराभवानी १५ बैशाख । ठोरीमा आज जोखिम न्यूनीकरणमा योजना तथा तनाव व्यवस्थापन सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।ठोरी गा पा ४ मा अवस्थित श्री ने रा आ बि निर्मलबस्तीमा दीप नेपाल नामक सामाजिक संस्थाले आयोजना गरेको उक्त एकदिने अभिमुखीकरण कार्यक्रममा विद्यालयमा अध्ययनरत वालवालिकाहरुलाई के कसरी जोखिम न्यूनीकरण गर्न सकिन्छ भन्ने विषयमा संस्थाका संयोजक विष्णु सापकोटाले अभिमुखीकरण कार्यक्रमका प्रशिक्षण गरेका थिए।
श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालयका प्रधानाध्यापक गोपीलाल श्रेष्ठको अध्यक्षता तथा ठोरी गापा शिक्षाशाखा प्रमुख भुपाल कुमार जोशीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा ठोरीका विभिन्न विद्यालयका गरि २० जना शिक्षकहरुलाई जोखिममा रहेका वालवालिकाहरुको पहिचान गरी शिक्षण सिकाइ क्रियाकलापमा सहजिकर्ण गर्ने ,जोखिममा रहेका वालवालिकाहरुलाई बेचबिखनबाट जोगाउन लगायतका बारेमा योजना निर्माण गरी कार्य थालनी गर्न समेत दीप नेपालका सापकोटाले अभिमुखीकरण गरेका थिए। दीप नेपालले भोलि ( आइतबार )नेराआवि निर्मलबस्तीका ३५ जना विपन्न परिवारका विद्यार्थीहरुलाई शैक्षिकसामग्री वितरण गर्ने कार्यक्रम समेत रहेको दीप नेपालका कार्यक्रम संयोजक सापकोटाले जानकारी दिए।यस अघि पनि यस संस्थाले ठोरीको विभिन्न विद्यालयमा विद्यार्थीहरुलाई पोशक तथा शैक्षिक सामग्री वितरण गरेको थियो। कार्यक्रममा आमोदेवी जनता क्याम्पस बढनियारका क्याम्पस प्रमुख मन्तलाल चौधरीको पनि उपस्थित रहेको थियो। कार्यक्रमको सहजीकरण त्यसै विद्यालयका शिक्षक आशाकाजी गोलेले गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको