LIVE 
पौने ८३ लाखको सोलार खरिदमा भ्रष्टाचार, उपभोक्ता समितिको नाममा ९ लाख रुपैयाँ घोटाला | पर्साको भिस्वा नाकाबाट मौलायो हड्डी, कबाड तस्करी, इंस्पेक्टर मगर नै तस्करको मतियार | प्रधानमन्त्रीको अभिव्यक्तिप्रति मुस्लिम समाज पर्साको कडा आपत्ति | प्रधानमन्त्रीको अभिव्यक्तिप्रति युवा नेता साहरुख मंसुरीको कडा आपत्ति | जेन्जी मुभमेन्ट नेपालले भन्यो सुशीला कार्की नेतृत्वको सरकारको वैधता समाप्त | सवारी साधन चेकजाँचको बहानामा अवैध रकम असुल्दै ट्राफिक प्रहरी | परवानीपुरमा ७३ लाखको कार्यक्रममा भ्रष्टाचारः ४० प्रतिशत रकम कर्मचारीको गोजीमा, ६० प्रतिशतमा छैन् उपल्रब्धी | प्रमुख जिल्ला अधिकारीद्वारा जिल्लामा कर्फ्यू तथा निषेधाज्ञा जारी, भेला–जुलुस पूर्ण प्रतिबन्ध | जेनजी नेपालले अन्तरिम सरकारको नेतृत्वमा कुलमान घिसिङलाई अगाडि सार्ने निर्णय गर्‍यो | ललितपुरस्थित गंगा दाहालको घरमा आगजनी, एक जनाको शव फेला |

बिरगंज १३ बैसाख । पर्साको धोबिनी गाउँपालिकामा रहेको स्वास्थ्य संस्था हरुमा अौषधी अभाव हुदा सेवाग्रही हरु मर्कामा परेका छन। नेपाल सरकारले मापदण्ड बनाएको छ कि स्वास्थ्य संस्था हरुमा ९८ किसिमका अौषधी खरिद गरि निशुल्क बितरण गर्ने रहेपानी अहिले धोबिनी गाउँपालिकाको वडा नं ४ लंगडी स्वास्थ्य संस्था लगायत हरुमा अौषधी नरहेको कारण सेवा ग्रही हरु रितो हाथ फर्कन बाध्य भएका छन।

नेपाल सरकारले स्थानिय तहमा सिंहदरबार पठाउने गरेकोमा सरकारले दरबार अाफै राख्यो गाउँ गाउँ सिंह पठाए र भ्रस्टाचारको अखडा खडा गरेको छ। स्वास्थ्य संस्था हरुको लागि गाउँपालिका बाट अौषधी खरिदको लागि रकम छुटयाए पनि गाउँपालिका अध्यक्ष मदन प्रसाद चौहान र गाउँपालिका प्रमुख प्रसाशकिय अधिकृत प्रमोद साह बिच कमिशनको भागभन्डा नमिलेको कारण अौषधी खरिद नभएको बुझिएको छ। स्वास्थ्य संस्था हरुमा अहिले सम्म बितेको अार्थिक वर्षमा खरिद गरिएको अौषधी हरु स्वास्थ्य संस्था हरुमा रहेकोले यो अार्थिक वर्षमा कमिशनमा भागभण्डा नमिलेको कारण यो अार्थिक वर्षमा अौषधी खरिद नभएको देखिएको छ। यो अार्थिक वर्षको अन्तिम चरण सम्म अौषधी खरिद नभएको कारण कागजमा नै अौषधीको बिल बनाएर खाने अध्यक्ष र कार्यालय प्रमुखको नियत रहेको देखिएको छ।

स्वास्थ्य संस्था हरुमा ५ महिना देखि अौषधी नरहेकोले स्वास्थ्य संस्था हरुमा अाउने बिरामी हरुले बिना अौषधी फर्केर जाने गरेको हो। नेपाल सरकारले ९८ किसिमका अौषधी तोकिए पनि भ्याक्सिन , बर्थिंग सेन्टर बाहेक अौषधी अरु कुनै अौषधी नरहेको र अतिनै गर्मीको समयमा ग्यासको समेत अौषधी नरहेको लंगडी स्वास्थ्य संस्था का प्रमुख मन्नु पटेलले जनाए । स्वास्थ्य संस्था प्रमुख पटेल संग कुरा गर्दा केही महिना देखि अौषधी सिधेके हो मईले लिखित कति चोटि अौषधी मांग गरेपनी अहिले सम्म कुनै सुनुवाइ भएको छैन । अहिले गर्मी याममा बिरामी हरुको चाप बढेपनी रुगाखोकी जरो, दिसापखाला,ग्यास,घाउ , जिवनजल ,लगायत अौषधीको अभावका कारण बिरामी हरु रितो हाथ फर्कन बाध्य भएको बताए ।

स्वास्थ्य संस्था हरुमा अौषधी अभाव भएको समबन्धमा गाउँपालिका स्वास्थ्य संयोजक संजय यादव संग कुरा गर्दा स्वास्थ्य संस्था हरु बाट अौषधी मांगको बारेमा गाउँपालिक लाई जानकारी गराएपनी अहिले सम्म अौषधी खरिद नभएको बताए ।स्टोरमा रहेको केही अौषधी हरु मात्र बितरण गरिएको बताए ।अहिले सम्म अौषधी खरिद नभएको कारण समस्या भएको छ। अौषधीको बारेमा प्रमुख प्रसाशकिय अधिकृत प्रमोद साह संग फोन मार्फत सम्पर्क गर्न खोजदा फोन उठन नसकेको हो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको